धनुषाधाम नपामा प्रशासकीय अधिकृत कार्की विरुद्ध उत्रे सचिवहरु
न्यूज ब्यूरो | जनकपुरधाम, २५ असार । धनुषाको धनुषाधाम नगरपालिकामा आन्दोलन सुरु गर्ने चेतावनी दिइएको छ । धनुषाधाम नगरपालिकाका प्रशासकीय अधिकृत प्रकाश जँग कार्कीले कर्मचारीहरुको प्रोत्साहन भत्ता कटौती गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । अधिकृत कार्कीले विभिन्न बहानामा त्यस नगरपालिका कार्यालयम

२०७५ असार २५ सोमबार, राति १०:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २५ असार । धनुषाको धनुषाधाम नगरपालिकामा आन्दोलन सुरु गर्ने चेतावनी दिइएको छ ।
धनुषाधाम नगरपालिकाका प्रशासकीय अधिकृत प्रकाश जँग कार्कीले कर्मचारीहरुको प्रोत्साहन भत्ता कटौती गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

अधिकृत कार्कीले विभिन्न बहानामा त्यस नगरपालिका कार्यालयमा कार्यरत स्थानीय तहका ८ जना कर्मचारीहरुको प्रोत्साहन भत्ता कट्टा गरी मनोबल घटाउने कार्य गरेको भन्दै उनीहरुले प्रशासकीय अधिकृत कार्की विरुद्ध आन्दोलन गर्ने चेतावनी एक प्रेस विज्ञप्ती मार्फत दिइएको छ ।
धनुषाधाम नगरपालिका विभिन्न वडाका सचिवहरुले सँयुक्त रुपमा अधिकृत कार्की विरुद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिएको हो ।
नगरपालिकाको वडा नं. १ र २ का वडासचिव ध्यानी यादव, वडा नं. ३,४ का सचिव पवनदेवी यादव, ५,६ का सचिव मकेश्वर यादव, वडा नं. ७ का सचिव आनन्द कुमार अधिकारी तथा वडा नं. ८ र ९ का सचिव जगदिश मण्डल सहित कार्यालय सहयोगी मोहन लुँगेली र कमल मरबैता यादवले सँयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गरी यस्ता जानकारी दिएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…