Close This

कमला नदीमा पुरानै आस्था फर्किदै, साधुसन्तद्धारा शाही स्नान, रामजानकी विवाह मण्डपको शिलान्यास

२०८२ बैशाख २४ बुधबार
रति ९:४३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरुको पुरानो आस्था रहेको ऐतिहासिक कमला नदीमा पुरानै आस्था फर्किन थालेको छ । 

कमला बचाउ अभियानका सँयोजक विक्रम यादवको नेतृत्वमा ऐतिहासिक कमला नदीमा बुधबार शाही स्नान भएको छ । कमला नदीको आस्थाप्रति साधुसन्तहरुले नतमस्तक हुँदै बुधबार शाही स्नान गरेका छन् । 

नेपाल भारतका चर्चित साधु सन्तहरुले कमला नदीमा शाही स्नान गरेका छन् ।  जानकी जन्म महोत्सवको अवसरमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको अगुवाईमा गएको दर्जनौ साधुसन्तहरुको टोलीले कमला नदीमा स्नान गरेको हो । स्नानको साथै कमला पूजन समेत गरिएको कमला बचाउ अभियानका सँयोजक यादवले बताए । 

भारत अयोध्यास्थित लक्ष्मण किलाका महन्थ मैथिली रमण शरण जी महराजसमेतको विशेष सहभागीतामा महिलाहरुले नाचगान गर्दै कमलाको गुण गाए । कमलाको पुरानो आस्थालाई पुनः जीवन्त गर्नको लागि अभियानले शाही स्नानको साथै कमला पूजन गराई आस्थाप्रति जागरुकता बढाउन थालेको हो । 

 महन्त रमण शरणले मिथिलामा कमला दर्शन पान बिना तीर्थ अधुरो हुने बताए । 

मिथिला सहचरी तुलसी दिदी दिल्लीले कमला सितारामको संस्कृति झल्किने विभिन्न गित संगित द्वारा भक्तजनलाई झुमाएकी थिईन् । 

सोही क्रममा महन्थ दासले प्रस्तावित श्रीरामजानकी विवाह मण्डप निर्माणको लागि शिलान्यास गरेका हुन् ।  

  • 71%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८२ बैशाख २४ बुधबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus