गणेशमान चारनाथको कटान क्षेत्रमा ढुँगा जाली राखेर बाँध बनाइदै
वडा नं. ३ को जुरीबीचमा रहेको चारनाथ खोलामा गरिएको कटानस्थित मर्मत सम्भार र बाँध निर्माण कार्य सुरु गरिएको हो । नगरपालिकाबाट ५० लाख रुपैयाँको बजेट विनियोजन गरी बाँध निर्माण कार्य सुरु गरिएको मेयर यादवले बताए ।

२०८२ बैशाख २१ आइतबार, राति ९:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ३ स्थित कटान क्षेत्रमा जालीसहितको ढुँगा राखेर बाँध मर्मत गर्न थालिएको छ ।
असार आएपछि प्रत्येक बर्ष आउने भिषण बाढीको कारण आम सर्वसाधारणहरुलाई आवतजावतमा समस्या हुने भन्दै नगरपालिकाका मेयर जीतनारायण यादवको विशेष पहलकदमीमा बाँध निर्माण गर्न लागिएको हो ।
वडा नं. ३ को जुरीबीचमा रहेको चारनाथ खोलामा गरिएको कटानस्थित मर्मत सम्भार र बाँध निर्माण कार्य सुरु गरिएको हो । नगरपालिकाबाट ५० लाख रुपैयाँको बजेट विनियोजन गरी बाँध निर्माण कार्य सुरु गरिएको मेयर यादवले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…