जनकपुरको जानकी मन्दिर अब यस्तो बन्दै, भोली सम्झौता हुँदै
न्यूज ब्यूरो | जनकपुरधाम, २४ असार । विश्वप्रसिद्ध जनकपुरको जानकी मन्दिरलाई विद्युतिय सजाबट गर्न लागिएको हो । विश्वमै प्रसिद्ध रहेको प्रदेश २ को अस्थायी राजधानी जनकपुरको पहिचान जगत जननी माता जानकी मन्दिरललाई थप सौन्दर्यीकरणको दृष्टिकोणले विद्युतियकरण मार्फत सजाबट गर्ने भएको छ । यसको लागि गैर आवासीय न

२०७५ असार २४ आइतबार, दिउँसो ४:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २४ असार । विश्वप्रसिद्ध जनकपुरको जानकी मन्दिरलाई विद्युतिय सजाबट गर्न लागिएको हो ।
विश्वमै प्रसिद्ध रहेको प्रदेश २ को अस्थायी राजधानी जनकपुरको पहिचान जगत जननी माता जानकी मन्दिरललाई थप सौन्दर्यीकरणको दृष्टिकोणले विद्युतियकरण मार्फत सजाबट गर्ने भएको छ ।
यसको लागि गैर आवासीय नेपाली संघ (एनआरएन) र जानकी मन्दिर गुठीसँस्थानबीच मन्दिरलाई विद्युतियकरण सजाबटको लागि सम्झौता हुने भएको छ ।
जानकी मन्दिरलाई विद्युतिय सजाबटको लागि निरन्तर पहलकर्ताको भूमिका निर्वाह गर्दै आएका मनिष झा गैर आवासीय नेपाली संघ र जानकी मन्दिर गुठीबीच दिउँसो १ बजे सोमबार पत्रकार सम्मेलन गरी सम्झौता पत्रमा हस्ताक्षर हुने जनाइएको छ ।
गैर आवासीय नेपाली संघका सँस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको विशेष उपस्थितिमा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र जानकी मन्दिरका महन्थ राम तपेश्वर दास बैष्णवको समेत उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर हुने जनाइएको छ । 
सम्झौता पत्रमा हस्ताक्षर भने गैर आवासीय नेपाली संघका वर्तमान अध्यक्ष भवन भट्ट र जानकी मन्दिरका महन्थ राम तपेश्वर दासबीच हुनेछ ।
मन्दिरको विद्युतीयकरण परियोजनाको लागि गैर आवासीय नेपाली संघका सल्लाहकारद्धय रामेश्वर साह र सुभाष अधिकारीको समेत उपस्थिति रहने जनाइएको छ ।
परियोजनाका लागि अनुमानित लागत ३ करोड ५० लाख रहेको जानकारी गराइएको छ ।
पत्रकार सम्मेलन दिउँसो १ बजे जानकी मन्दिर परिसरमा गरिने जनाइएको छ ।


कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…