पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली पुल भत्कियो, दुईतर्फी सवारी आवागमन अबरुद्ध
न्यूज ब्यूरो | सप्तरी, २३ असार । महुली खोलामा आएको बाढीका कारण पश्चिमतर्फको पुल भत्केको हो ।गत बुधबार नै सडकमा चिरा परेको थियो भने पुल भाँसिएको थियो । चिरा परेको स्थानमा मर्मत गर्न ध्यान नदिँदा सडक ५० मिटर पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले

२०७५ असार २३ शनिबार, राति १०:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सप्तरी, २३ असार । महुली खोलामा आएको बाढीका कारण पश्चिमतर्फको पुल भत्केको हो ।गत बुधबार नै सडकमा चिरा परेको थियो भने पुल भाँसिएको थियो ।
चिरा परेको स्थानमा मर्मत गर्न ध्यान नदिँदा सडक ५० मिटर पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले पुलको पश्चिमपट्टीको ५० मिटर सडक भत्किसकेको बताए ।
पश्चिमपट्टीको पुलमा समेत चिरा परेको छ । ठूलो बर्षा भए थप सडक र पुल भत्किन सक्ने प्रहरी प्रमुख सिंहले बताए ।
सप्तरीमा दुई दिन यता बर्षा नभएपनि पहाडी जिल्लामा नियमित बर्षा भइरहेका कारण महुली खोलामा बाढी आएको छ महुली खोलाको पुल जिर्ण हुँदा पनि सम्बन्धित निकायले ध्यान नदिँदा यस्तो स्थिति आएको स्थानीयहरुले बताएका छन् । 
अहिले एकतर्फी रुपमा सबारी संचालन भइरहेको छ । थप सडक भत्किए र पुल क्षतिग्रस्त भए पूर्व पश्चिम राजमार्ग नै अवरुद्ध हुन सक्नेछन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…