विदेह बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष मण्डल पक्राउ, २ करोड ठगेको आरोप
अध्यक्ष मण्डलमाथि कर्तव्य ज्यानको मुद्दा समेत चलिरहेको रेडर्क देखिएको छ । विदेह ५ बस्ने मानैर ठाकुर बरहीको हत्या प्रकरणमा उनीमाथि कर्तव्य ज्यानको मुद्दा समेत चलिरहेको बताईएको छ । सो मुद्दामा एक जना भने जेलमा रहेका छन् ।

२०८२ बैशाख १५ सोमबार, बिहान ८:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको तिनकोरियास्थित रहेको विदेह बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष सँजीत मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
आईतबार जिल्ला प्रहरी कार्यालय धनुषाले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो ।
विदेह नगरपालिका वडा नम्बर ५ मुडिबा टोल बस्ने स्थानीय सँजीत कुमार मण्डल विदेह बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष भएर २ करोड बढी रकम लिएर भागेको आरोपमा पक्राउ परेको जनाइएको छ ।
सोही गाउँका स्थानीय एवम् बचतकर्ता बीरेन्द्र कुमार मण्डलले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई पक्राउ गरेको हो । रकम हिनामिना र बचतकर्तालाई ठगेको भन्दै बीरेन्द्र मण्डलले उनीमाथि मुद्दा दिएका थिए । सोही मुद्दामा जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेपछि पक्राउ गरिएको हो ।
अध्यक्ष मण्डलमाथि कर्तव्य ज्यानको मुद्दा समेत चलिरहेको रेडर्क देखिएको छ । विदेह ५ बस्ने मानैर ठाकुर बरहीको हत्या प्रकरणमा उनीमाथि कर्तव्य ज्यानको मुद्दा समेत चलिरहेको बताईएको छ । सो मुद्दामा एक जना भने जेलमा रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…