विदेह बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष मण्डल पक्राउ, २ करोड ठगेको आरोप

२०८२ बैशाख १५ सोमबार
बिहान ०८:५० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको तिनकोरियास्थित रहेको विदेह बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष सँजीत मण्डललाई प्रहरीले पक्राउ गरेको छ । 

आईतबार जिल्ला प्रहरी कार्यालय धनुषाले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो । 

विदेह नगरपालिका वडा नम्बर ५ मुडिबा टोल बस्ने स्थानीय सँजीत कुमार मण्डल विदेह बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष भएर २ करोड बढी रकम लिएर भागेको आरोपमा पक्राउ परेको जनाइएको छ । 

सोही गाउँका स्थानीय एवम् बचतकर्ता बीरेन्द्र कुमार मण्डलले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई पक्राउ गरेको हो । रकम हिनामिना र बचतकर्तालाई ठगेको भन्दै बीरेन्द्र मण्डलले उनीमाथि मुद्दा दिएका थिए । सोही मुद्दामा जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेपछि पक्राउ गरिएको हो । 

अध्यक्ष मण्डलमाथि कर्तव्य ज्यानको मुद्दा समेत चलिरहेको रेडर्क देखिएको छ । विदेह ५ बस्ने मानैर ठाकुर बरहीको हत्या प्रकरणमा उनीमाथि कर्तव्य ज्यानको मुद्दा समेत चलिरहेको बताईएको छ । सो मुद्दामा एक जना भने जेलमा रहेका छन् । 

  • 13%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८२ बैशाख १५ सोमबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus