जनकपुरमा बैँकहरुबीच मैत्रीपूर्ण क्रिकेट, सिटिजन्स बैँक विजयी
६१ वटा जिल्लामा फैलिएका नेपाल सिटिजन्स बैँक गत बर्ष बैँक अफ द इयरको अवार्ड समेत पाएको थियो । ६१ जिल्लामा २०० शाखा, १६१ एटिएम, ३ विस्तारित काउण्टर र ७४ वटा शाखारहित बैँकिँग ईकाईबाट १८ लाख ५० हजार ग्राहकलाई सेवा दिँदै आएको छ ।

२०८२ बैशाख १५ सोमबार, बिहान ८:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल राष्ट्र बैँकको ७० औँ स्थापना दिवसको अवसरमा जनकपुरमा बैँकहरुबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैँकले आफ्नो ७०औँ स्थापना दिवसको अवसर पारेर जनकपुरधाम स्थित शाखा रहेको बैँक तथा वित्तिय सँस्थाहरुलाई मैत्रीपूर्ण खेलको लागि आह्वान गरेको थियो ।
जनकपुरको राराब कलेज ग्राउण्डमा सम्पन्न दुई दिने मैत्रीपूर्ण क्रिकेट खेलमा नेपाल सिटिजन्स बैँक ईन्टरनेश्नल, एनआईसी एसिया, प्रभु बैँक, कुमारी बैँक, एनएमबी बैँक, सानिमा, ज्योति विकास, मल्टिपर्पस फाईनान्स, सेन्ट्रल फाईनान्स, समृद्धी फाईनान्स, प्राग्रेसिभ फाईनान्स बैँकहरुबीच बैशाख १२ र १३ गते मैत्रीपूर्ण खेल भएको सिटिजन्स बैँकका धीरेन्द्र यादवले जानकारी दिए ।
सिटिजन्स बैँक ग्रुपमा नेपाल बैँक र प्रोग्रेसिभ फाईनान्स सँयुक्त रुपमा टिम बनाएको थियो ।
६१ वटा जिल्लामा फैलिएका नेपाल सिटिजन्स बैँक गत बर्ष बैँक अफ द इयरको अवार्ड समेत पाएको थियो । ६१ जिल्लामा २०० शाखा, १६१ एटिएम, ३ विस्तारित काउण्टर र ७४ वटा शाखारहित बैँकिँग ईकाईबाट १८ लाख ५० हजार ग्राहकलाई सेवा दिँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…