जनकपुर राजश्व कार्यालय एक्सनमा, गँगासागरका पसलहरुमा अनुगमन, दर्ता गराउन २४ घण्टे अल्टिमेटम

२०८२ बैशाख ९ मंगलबार
बेलुकी ६:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । आन्तरिक राजश्व कार्यालय जनकपुरले जनकपुरमा बजार अनुगमन तीव्र पारेको छ । 

मँगलबार कर कार्यालयबाट खटेका कर्मचारीहरुको टोलीले जनकपुरको गँगासागर डीलमा स्थापित पसलहरुमा अनुमगन गरेको छ । अनुगमनको क्रममा दर्ता नभएका पसलहरुलाई २४ घण्टामा दर्ताको प्रक्रिया थाल्न अल्टिमेटम दिएको छ । 

राजश्व कार्यालयका अजय रौनियारको नेतृत्वका गएको अनुगमन टोलीले गँगासागर पोखरीको पश्चिमी डीलमा रहेको कस्टमेटिक पसल, चप्पल जुत्ता पसल, गारमेन्ट पसलमा अनुगमन गरेको हो । अनुगमनको क्रममा एउटा नै पसल दर्तामा नरहेको पाईएको रौनियारले बताए । 

“उनीहरुलाई २४ घण्टाभित्र दर्ता गराउन अल्टिमेटम दिएका छौँ । भोली बुधबार सबै व्यापारी, व्यवसायीहरुलाई कर कार्यालयमा आएर प्रक्रिया थाल्न निर्देशन दिएका छौँ । समयमा दर्ता प्रक्रियामा नआए उनीहरुको पसल सील हुनेछ ।” उनले भने । 

जनकपुरको गँगासागरमा रहेको पसलहरु बर्षौदेखि कर छली गर्दै आएको छ । कर छलीको लागि जनकपुरधाम उद्योग वाणिज्य संघले सघाउँदै आएको छ । यसपाली कर कार्यालयले एक्सन लिएपछि उनीहरुले करको दायरामा ल्याउने तयारी गरिएको हो । 

  • 1%
  • 57%
  • 1%
  • 1%
  • 1%
  • 39%

सशस्त्र प्रहरीका एसपी गैरेको ज्यादतीः व्यापारीको वैध मदिरा नियन्त्रणमा लिएर भन्सार बुझाइयो

  • २०८२ बैशाख ९ मंगलबार

न्यूज ब्यूरो, सिरहा । सिरहामा सशस्त्र प्रहरी बलका एसपी शिव गैरेमाथि स्थानीय व्यापारी बालाराम यादवले ज्यादतीको गम्भीर आरोप लगाएका छन्। यादवका अनुसार, दशैंको अवसर लक्षित गरी सिरहा नगरपालिका-१७ माड़रस्थित आफ्नै

पूरा पढ्नुहोस्

Bureau Menus