ढल्केवर ग्रीडमा पुनः आगलगी, जनकपुरसहित तीन जिल्लाको लाईन अवरुद्ध रहने 

२०८२ बैशाख ३ बुधबार
बिहान १०:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल विद्यतु प्राधिकरणको ढल्केवर ग्रीडमा आगलगी हुँदा जनकपुरसहित तीन जिल्लाको लाईन अवरुद्ध हुने भएको छ । 

आज विहान ढल्केवर सव स्टेशन ग्रीड प्रसारण लाईनमा आगलगी हुँदा धनुषा, महोत्तरी र सर्लाहीको लाईन अवरुद्ध हुने भएको छ । 

ढल्केवर ग्रीडमा आज विहान सिन्धुली जाने लाईनमा सिटी पडकेर आगलगी भएको मधेश प्रदेशका प्रमुख शम्भु कुसियैत यादवले जानकारी दिए । उनका अनुसार, धनुषा, महोत्तरी र सर्लाहीको केही भागमा विद्यतु लाईन अवरुद्ध रहनेछ । 

“१३२ केभीलाईन सबै ठाउँमा चालु भईसकेको छ । ३३ केभिएलाईमा अवरोध भएको छ । आगलगी हुँदा पार्ट पूर्जासहित नयाँ ट्रान्फर्मर चेन्ज गर्नुपर्छ । यसमा लाग्न सक्छ, ट्रान्स्फर जडानको कार्य अघि बढिकेको छ, जडान हुने वित्तिकै लाईन सुचारु हुन्छ ।'- प्रमुख कुसियैतले भने । 

दुईटा ट्रान्सफर्मर चालु भए ७० प्रतिशत चालु हुने कुसियैतले जनाए । ग्रीडको सिडीमा आगलगी भएको कारण विभिन्न पार्टहरु जलेको उनले बताए । केही दिन अगाडी मात्र ढल्केवर ग्रीडमा आगलगी भएको थियो । 

गर्मीको मौसममा अत्यधिक लोड हुन थालेपछि यस्ता समस्या आईपरेको नेपाल विद्युत प्राधिकरण मधेश प्रदेश प्रमुख कुसियैतले जानकारी दिए । 

  • 2%
  • 2%
  • 0%
  • 89%
  • 1%
  • 5%

त्रिवेणी सिन्थेटिकको साढे ४ करोड बिजली बिल बुझाउन २८ किस्ता, पहिलो किस्ता तिरेपछि जोडियो लाईन

  • २०८२ बैशाख ३ बुधबार

न्यूज ब्यूरो, वीरगँज । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट उपभोग बिजुलीको बक्यौताको पहिलो किस्ता बुझाएको छ ।  नेपाल विद्युत् प्राधिकरणलाई उक्त उद्योगले पहिलो किस्ता

पूरा पढ्नुहोस्

Bureau Menus