न्यूज ब्यूरो, जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाका पूर्ववडाध्यक्ष राजदेव यादवलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
सोनमा गाउँपालिकाको वडा नम्बर ८ का पूर्ववडाध्यक्ष राजदेव यादवलाई ज्यान मार्ने मुद्दामा पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ । सिंग्हासिनी घर भएका यादवमाथि आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उच्च अदालत जनकपुरधामले यादवलाई आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ गर्न परमादेश जारी गरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता समेत रहेका डीएसपी सन्तु जयसवारले जनाए अनुसार गौशाला प्रहरीले यादवलाई पक्राउ गरेको हो । २०८० असार ३० गते गोविन्द महतोले आत्महत्या गरेका थिए । मृतक महतोकी आमाले यादवामथि किटानी जाहेरी दिन चाहेकी थिइन् । तर जिल्ला प्रहरी कार्यालय महोत्तरीले यादवमाथि मुद्दा दर्ता गर्न अस्वीकार गरेपछि मृतककी आमाले उच्च अदालत जनकपुरधामलाई गुहारेका थिए ।
उच्च अदालतले परमादेश मार्फत सो मुद्दा दर्ता गर्न जिल्ला प्रहरी महोत्तरीलाई निर्देशन दिएको छ । त्यसपछि इलाका प्रहरी कार्यालय गौशालाले यादवलाई सोमवार पक्राउ गरेको हो । यादव नेकपा एमालेका कार्यकर्ता रहेको बताइन्छ ।
'पाइला पाइलामा मान्छेको, आ-आफ्नै स्वार्थ हुन्छ'
- २०८२ बैशाख २ मंगलबार
जिन्दगीको गोरेटोमा एकलै हिड्न सिक्नु । बुझी आफ्नो महत्व,सस्तोमा कहिल्यै न बिक्नु धैर्यता र साहसले, प्रतिस्पर्धा मा टिक्नु। ज्ञान दिने गुरुहरुको, गुण कहिल्यै न बिर्सिनु। जिन्दगी को गोरेटोमा एक्लै हिड्न सिक्नु । पाइला पाइलामा मन्छेको,
पूरा पढ्नुहोस्

