
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा एमालेका नेताहरुले योजनाको चिठ्ठी विक्री गरिरहेको पाईएको छ ।
आफ्नो निर्वाचन क्षेत्र पर्ने नेताहरुले भौतिक पूर्वाधार मन्त्रालयबाट योजनाको चिठ्ठी लिएर कमिशन लिँदै वितरण गर्न थालेको समाचारहरु मिडियामा दिनहुँ आउन थालेको छ । सोही क्रममा मन्त्रालयबाट कमला नगरपालिकामा गएको केही योजनाहरुमा फर्जी उपभोक्ता समिति गठन गरिएको आरोप लगाइएको छ ।
कमला नगरपालिकाकी उपमेयर शिला देवी मण्डलले कमला नगरपालिकाको वडा नम्बर ४ सघारामा राखिएको मन्त्रालयको तीन योजनामा फर्जी उपभोक्ता समिति गठन गरिएको आरोप लगाएकी छिन् । उनले सो फर्जी उपभोक्ता समितिको पत्र फिर्ता गरी कानुनी कारवाहीको लागि मन्त्रालयलाई पत्राचार समेत गरेकी छन् ।
मन्त्रालयबाट गएको योजनाको चिठ्ठी एमालेकै एक नेताले बिक्री गरेको योजनाको उपभोक्ता समिति गठन गर्न उपमेयरको किर्ते हस्ताक्षर गरिएको बताइएको छ । एमालेका नेताले आफ्ना आसेपासेलाई फर्जी उपभोक्ता समितिको लागि भनेको बताईएको छ ।
२५/२५ लाख रुपैयाँको ३ वटा योजनामा धनुषा निर्वाचन क्षेत्र नम्बर २ का एमालेका नेताले उपभोक्ता समिति बनाएको स्थानीयको शंका छ । सघारा राधा कृष्ण मन्दिरको धर्मशालाको माथिल्लो तल्लामा निर्माण कार्य, दुर्गा मन्दिरदेखि कमला बाँधसम्म सडक स्तरोन्ति कार्य र हुलाकी सडकको छेउमा अधुरो रामजानकी मन्दिर पुरा गर्ने निर्माण कार्य योजनामा फर्जी उपभोक्ता समिति बनाइएको हो ।
कमला नगरपालिकाकी उपप्रमुख शिला देवी मण्डलको फर्जी हस्ताक्षर गरी उपभोक्ता समिति बनाइएको आरोप छ । उपप्रमुखले सो विषयमा पुर्वाधार कार्यालयलाई पत्र काटेर सम्झौता रोक्का गर्न अनुरोध समेत गरेकी छिन् ।
वडा कार्यालयमा चिठ्ठी दर्ता गराइ १५ दिन भित्र उपभोक्ता समिति गठन गर्नुपर्ने प्रावधान छ । गत माघ २९ गते नै पूर्वाधार कार्यालयले उपभोक्ता समिति गठन सम्बन्धी पत्र तयार गरेका थिए ।
उक्त पत्र मन्त्रीले १० प्रतिशत लिएर योजना उपलब्ध गराएका थिए । वडाध्यक्ष गोहिवारले हालसम्म ती योजनाको चिठ्ठीहरु वडा कार्यालयमा नआएको बताए । उक्त योजनाको चिठ्ठी बीचौलियाहरुको हातमा भएको हुन सक्ने उनले आशंका गरे ।
जनकपुरमा बन्द गरिएको अस्पताल चोरीलुकी सँचालन गरेपछि पुगे मुख्यमन्त्री, सँचालक पक्राउ
- २०८१ चैत २७ बिहीबार
न्यूज ब्यूरो, १८ चैत्त । जनकपुरमा केही दिन अघिमात्र मापदण्ड विपरीत रहेका अस्पतालहरुको अनुगमण गर्ने क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सिंहले बन्द गराएका एक अस्पतालमाथि पुनः कारवाही गरिएको छ । सँचालकले लुकी
पूरा पढ्नुहोस्