धनुषामा ट्रिपर रुखमा ठोकियो, चालक घाईते
न्यूज ब्यूरो | जनकपुरधाम, २२ असार । धनुषामा ट्रिपर रुखमा ठोक्किदा चालक घाईते भएका छन् । धनुषाको जनकपुर– ढल्केबर सडक खण्ड अन्तर्गत हरैया र नक्टाझिजको बीचमै ट्रिपर अनियन्त्रित भई रुखमा ठोकिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार तीव्र गतिमा आउँदै गरेको ना १ ख ८३९३ नम्बरको भारत बे

२०७५ असार २२ शुक्रबार, दिउँसो १२:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २२ असार । धनुषामा ट्रिपर रुखमा ठोक्किदा चालक घाईते भएका छन् ।
धनुषाको जनकपुर– ढल्केबर सडक खण्ड अन्तर्गत हरैया र नक्टाझिजको बीचमै ट्रिपर अनियन्त्रित भई रुखमा ठोकिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार तीव्र गतिमा आउँदै गरेको ना १ ख ८३९३ नम्बरको भारत बेन्ज कम्पनीको टिफर अनियन्त्रित भईरुखमा ठोक्किएर दुर्घटना भएको छ।
दुर्घटनामा परी चालक समान्य घाईते भएका र खुट्टामा चोट लागेको उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले ट्रिपरमा टाईम कार्ड लागु गरेपनि व्यवहारिक रुपमा पूर्णतः लागु हुन सकेको छैन ।
गति नियन्त्रणको लागि टाईमकार्ड लागु गरिएको भएपनि ट्रिपर चालकहरुले ट्राफिक धनुषालाई चुनौति दिँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…