मटिहानी लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थमा रबिन्द्र दास नियुक्त
गुठी संस्थानले फागुन २८ गते जारी गरेको पत्रका अनुसार मठिहानी स्थानको उत्तराधिकारी नियुक्तिका लागि परेको निवेदनको आधारमा समितिको बैठक नं ४ सयको निर्णयअनुसार डा. दासलाई निर्देशिका २०७७ को दफा १० बमोजिम महन्तको पदमा नियुक्ति प्रदान गरिएको छ ।

२०८१ चैत २० बुधबार, बिहान ९:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । गुठी संस्थानले लक्ष्मी नारायण मठ मटिहानी स्थानको उत्तराधिकारी महन्त पदमा डा. रविन्द्र दास बैष्णवलाई नियुक्त गरेको छ ।
गुठी संस्थानको समितिको बैठक निर्णयअनुसार डा. दासलाई मठिहानी स्थानको महन्तको रूपमा नियुक्त गरिएको छ ।
गुठी संस्थानले फागुन २८ गते जारी गरेको पत्रका अनुसार मठिहानी स्थानको उत्तराधिकारी नियुक्तिका लागि परेको निवेदनको आधारमा समितिको बैठक नं ४ सयको निर्णयअनुसार डा. दासलाई निर्देशिका २०७७ को दफा १० बमोजिम महन्तको पदमा नियुक्ति प्रदान गरिएको छ ।
लक्ष्मी नारायण मठ मटिहानीलाई नेपालका मठहरूको सर्वोच्च मानिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…