पेट्रोलियम पदार्थको मूल्य घटयो
यस्तै हवाइ इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौ्का लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ । पेट्रोल र ग्याँसको मूल्य भने यथावत रहेको छ ।

२०८१ चैत १८ सोमबार, राति ९:१० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । सोमबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको हो ।
आयल निगमनका अनुसार डिजेल र मट्टितेलमा प्रति लिटर २ रुपैयाँ तथा हवाइ इन्धन आन्तरिकतर्फ प्रति लिटर ७ रुपैयाँले घटेको छ ।
यस्तै हवाइ इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौ्का लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ ।
पेट्रोल र ग्याँसको मूल्य भने यथावत रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…