
न्यूज ब्यूरो,११ चैत्त । धनुषामा मालपोत कार्यालयका केही कर्मचारी र वडाध्यक्षको मिलोमत्तोमा करोडौँको जग्गा अर्कैको नाममा रजिष्ट्रेशन गरिदिएको खुलेको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ४ स्थित रहेको १ बिघा ५ धुर जमिन (गाउँको घर बनाउने जमिन) बेचिसकेकै व्यक्तिको नाममा पास गरिदिएको खुलेको छ ।
साबित धनुषाको तेजनगर गाविस वडा नम्बर ८ (क) को कित्ता नम्बर ३०७ मा रहेको १ बिघा ५ धुर जग्गा हाल धनुषाधाम नगरपालिका वडा नम्बर ४ मा रहेको छ । तर, जग्गा रजिष्ट्रेशनको लागि घर बाटो सिफारिस भने धनुषाधाम नगरपालिका वडा नम्बर ७ बाट गराई मालपोत कार्यालय धनुषाबाट जग्गा रजिष्ट्रेशन गरिएको पाईएको छ ।
जग्गाको साबिकका धनी धनुषाको विदेह नगरपालिका बस्ने स्वर्गीय केशी अधिकारीका तीन छोराहरु भरत कुमार यादव, चन्देश्वर प्रसाद यादव र दिनकर यादवको नाममा रहेको थियो । उनीहरुका बुवा केशी अधिकारीले करिब ५० बर्ष पहिले नै सो जग्गा स्थानीय विशेश्वर यादव, रामहित यादव र रामप्रसाद यादवसँग बेचबिखन गरेका थिए । बेचबिखन भईसकेपछि बर्षौदेखि तीनै दाजुभाईसँग वर्तमान जग्गा धनीहरुले रजिष्ट्रेशनको लागि आग्रह गर्दै आएका थिए ।
तीनै दाजुभाईले आजभोली गर्दै जग्गा रजिष्ट्रेशनको लागि आलटाल गर्दै गए । केही दिन अगाडी मात्र सो १ बिघा ५ धुर जग्गा पुनः साबिककै जग्गा धनिको नाममा रजिष्ट्रेशन भएको खवर पाएपछि घटना बाहिरिएको हो ।
जग्गा धनुषाधाम नगरपालिका वडा नम्बर ४ मा परेपनि वडा नं. ७ का वडाध्यक्ष हेमनारायण यादवले सो जग्गाको घरबाटो सिफारिस दिएको पाईएको छ । जबकी, उक्त जग्गा उनको वडामा रहेकै छैनन् । यो घटना वडा नं. ४ का वडाध्यक्ष मनोज कुमार यादवले थाहा पाएपछि घटनाको नालीबेली बाहिरिएको हो । गत मिति २०८१ फागुन १८ गतेमा चलानी नम्बर ७४४ मा वडाध्यक्षले गैर कानुनी रुपमा घरबाटो सिफारिस गरेको पाईएको छ ।
सो जग्गा पास गराउनको लागि वडा नम्बर ७ का वडाध्यक्ष हेमनारायण यादव र मालपोतका केही कर्मचारीहरुले लाखौँ रुपैयाँ लिएको बुझिएको छ । सो जग्गामा अहिले करिब ३० वटा घरहरु बनिसकेको भएपनि वडा नं. ७ का वडाध्यक्ष यादवले घरबाटो सिफारिसमा घरहरु नरहेको र खाली जग्गा मात्र रहेको भनेर सिफारिस गरेको पाईएको छ । यसको लागि मालपोतका कर्मचारीहरुले समेत लाखौँ रुपैयाँ घुस लिएर रजिष्ट्रेशन पास गरेको हो ।
पीडत पक्षले भने, –“सो जग्गा त वडा नं. ४ मा छ, यो कुराको जानकारी मालपोतका कर्मचारीहरुलाई त भलिभाँती हुन्छ, एक वडाको जग्गाको सिफारिस अर्को वडाले गर्न त मिल्दैन, यो त गैर कानुनी हो नै, तर कर्मचारीहरुलाई पनि सो जग्गा रजिष्ट्रेशन गर्दा कुन वडामा छ भनेर नरहेको पक्कै नहोला, उनीहरुले मोटो रकम लिएर अधिकारको दुरुपयोग गरेको छ । साबिकका जग्गा धनिसँग मिलेर गैर कानुनी रुपमा हामीहरुको जग्गा उनीहरुको नाममा पास गरिदिएको छ । हामीले कानुनी बाटो अपनाईसकेका छौँ, यसमा वडा नम्बर ७ का वडाध्यक्ष र मालपोतका कर्मचारीहरुले भोग्नुपर्छ ।”
उक्त जग्गामा २८/२९ वटा घर भएको तर घर बाटो सिफारिसमा घर नभएको उल्लेख गरिएको छ । हाल उक्त जग्गा मुल्यांकन प्रती कठ्ठा ३० लाख रहेको छ । सो जग्गा बिशेश्वर यादब , राम हित यादब , राम प्रसाद यादब लगायतका व्यक्तिले साबिकका जग्गा धनी भरत कुमार यादव , चन्देश्वर प्रसाद यादब , दिनकर यादबका बुवा केशी अधिकारी सङ्ग ५० वर्ष पहेले खरिद गरेको र हाल पक्की र काठको मिलाएर २८/२९ जनाको घर ३०/३५ वर्ष पहिले देखि रहेको वडा अध्यक्ष मनोज यादबले जानकारी गराएका छन् ।
मालपोत कार्यालयमा बजाबत रुपमा जग्गाको नक्सा, लोकेशन रहेपनि मिलोमत्तोमा सो जग्गा पास गरिएको देखिएको छ । मालपोत कार्यालयका प्रमुखले जग्गा पास नभएको प्रतिक्रिया दिएपनि सो जग्गा पास भईसकेको जनाइएको छ । मालपोतका कर्मचारी वा प्रवक्ताले समेत यस सन्दर्भमा बोल्न पन्छिए ।
सशस्त्र प्रहरीका एसपी गैरेको ज्यादतीः व्यापारीको वैध मदिरा नियन्त्रणमा लिएर भन्सार बुझाइयो
- २०८१ चैत १० सोमबार
न्यूज ब्यूरो, सिरहा । सिरहामा सशस्त्र प्रहरी बलका एसपी शिव गैरेमाथि स्थानीय व्यापारी बालाराम यादवले ज्यादतीको गम्भीर आरोप लगाएका छन्। यादवका अनुसार, दशैंको अवसर लक्षित गरी सिरहा नगरपालिका-१७ माड़रस्थित आफ्नै
पूरा पढ्नुहोस्