जनकपुरमा मुस्लिम र दलित विद्यार्थीलाई घर भाडा दिदैन, दिएपनि भगाउँछ – सत्य
न्यूज ब्यूरो | जनकपुरधाम, २० असार । जनकपुर जस्तो ठाउँमा जातीय छुवाछुतको बारेमा कुरा गर्दा अविश्वासिलो लाग्छ तर सत्य यहि छ , यहाँ दलित र मुस्लिम समुदायका विद्यार्थीहरुलाई घर भाडा दिँदैन घरबेटीहरु । प्रदेश नं. २ को अस्थायी राजधानी र जनकको नगरी भनेर चिनिने जनकपुरमा जातीय छुवाछुतको पराष्ठा नाघेकै हो भने

२०७५ असार २० बुधबार, बिहान ९:३८ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २० असार । जनकपुर जस्तो ठाउँमा जातीय छुवाछुतको बारेमा कुरा गर्दा अविश्वासिलो लाग्छ तर सत्य यहि छ , यहाँ दलित र मुस्लिम समुदायका विद्यार्थीहरुलाई घर भाडा दिँदैन घरबेटीहरु ।
प्रदेश नं. २ को अस्थायी राजधानी र जनकको नगरी भनेर चिनिने जनकपुरमा जातीय छुवाछुतको पराष्ठा नाघेकै हो भनेर केही दलित तथा मुस्लिम समुदायका विद्यार्थीहरुको भनाईले प्रष्ट हुन्छ ।
जनकपुरको विभिन्न ठाउँमा ग्रामिण भेकबाट उच्च शिक्षा अध्ययण अध्ययापनको लागि जनकपुर आउँदै गरेको मुस्लिम, दलित समुदायका विद्यार्थीहरुलाई भाडामा बस्न अति नै गाह्रो भएको छ ।
उच्च शिक्षा हाँसिल गर्नको लागि जनकपुर आउने गरेको उक्त समुदायका छात्रछात्राहरुले घर भाडाको लागि भौतारिँदा यहाँका अधिकाँश घरबेटीहरुले सबभन्दा पहिले आश्रम, जात सोध्छन् ।
दलित र मुस्लिम भन्नेवित्तिकै घर खाली छैन तथा सानो जातीलाई आफूहरु घर भाडामा नदिने गरेको बताउँछन् ।
सुरुमै नसोधिकनै घर भाडा दिएपनि पछि थापा पाएपछि घरबेटीहरुले अकस्मात तुरुन्तै खाली गर्नुपर्ने चाप लगाउँछन् ।
गत दुई महिनादेखि घर भाडा नपाएर कलेज सम्म समेत पुग्न नसकेका धनुषा विदेह नगरपालिका वडा नं. ५ मुडिबा बस्ने सलामत राईन भन्छन् ,- "म दुई महिनादेखि डेरा भाडाको लागि भौतारिँदै छु, जहाँ जान्छु सबभन्दा पहिला जाती सोध्छन्, अहिले त बसिरहेको छु, घरबेटी मुस्लिम नै हो आफूलाई डेरा दिएपछि पढन पाएको छु । यसअघि त जनकपुरको कदमचोक, विद्यानगर, वकिलटोलमा डेरा भाडाको लागि दौडे, जहाँ खाली थियो त्यहाँ आफूलाई उच्च जाती भनाउनेहरु पथ्र्यो, ब्राम्हन, कायश्थ भनेर आफूलाई भन्थे, रुम खाली हो भनेर सोध्दा हो भन्थ्यो, अनि सोध्यो– तिमी कुन जाती हो ? आफू मुस्लिम भनेपछि डेरा खाली छैन, तथा मुस्लिम जातीलाई डेरा दिदैनौ हामी, हामी यहाँका उच्च जाती हौ, छोटका जातीलाई घर भाडा लगाउँदैनौं भनेपछि निरास बनेर पुनः गाउँ फर्कन्थे ।"
आफूलाई उच्च जाती भनेर भन्न रुचाउनेहरुले मानव धर्म र मानव जातीलाई नमान्दै मिथ्या जातजातीमा उल्झेर दलित, मुस्लिम समुदायलाई उपहास गरेको प्रष्ट देखिन्छ । 
२१ औँ शताब्दीमा पनि जनकपुरमा जातीय छुवाछुतलाई जीवन्त राखेको छ भने आफूलाई उच्च जाती कहलाउनेहरुले उक्त समुदायलाई तल्लो स्तरको जाती भनेर हेप्ने तथा गुलामीको भावना जाहेर गरेको देखिएको छ ।
उच्च शिक्षा हाँसिल गर्नको लागि खजुरी महुवाबाट जनकपुर आईपुगेका उत्तीम पासवान भन्छन्, "हामीलाई जनकपुरमा डेरा भाडामा बस्न असम्भव जस्तै लाग्यो, हो फेरी सबै घरबेटी त्यस्तो कहाँ भन्छन र ? म तोकेरै भन्छु, मैले जब डेरा खोज्न गए जहाँ खाली हुन्थ्यो त्यही जान्थ्यौ, बढी आफूलाई उच्च जाती भनाउनेहरु दुई तीनले तल्लो स्तरका जातीलाई भाडा नदिने गरेको बताए । दुःख लाग्थ्यो, जीवन नै बेकार भएको भनेर पनि महसुस हुन्थ्यो जब तल्लो स्तरको जाती भनेर सम्बोधन गरिन्थ्यो । म भन्थे, नदिनु छ भने नदिनु, तर छोट जात, तल्लो स्तरको जात नभन्नु र मुखामुखी गरेर पनि आउँथे । करिब करिब १ महिना घुम्दा अन्तत पुलचोकमा एक डेरा पाएर बसेको छु , घरबेटीले जात पनि सोधेन र राम्ररी बस्न पनि दिएको छ । तर यहाँका केही उच्च भनौदाहरुले हामी दलितलाई हेपीरहेको छ ।"
यस्ता घटना बारे प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले भने यस्ता प्रकारको घटना उपर निगरानी थाल्ने बताए ।
यस्ता प्रकारको घटना र व्यवहार निन्दनीय रहेको भन्दै यस्ता घरबेटीलाई कानुनको दायरामा ल्याएर कारवाही गर्ने तथा कानुन बनाउने प्रतिवद्धता न्यूज ब्यूरोसँग गरे ।
दलित र मुस्लिम समुदायलाई जनकपुरमा बस्नको लागि कठिनाई भएको महसुस गरिएको छ यस्तोमा प्रदेश सरकारले तुरुन्त एक्सन लिनु आवश्यक देखिएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…