तस्करमाथि धनुषा प्रहरी हावी, गोली चलाएर तस्करीका समान नियन्त्रणमा
प्रहरीले आत्मरक्षाको लागि एक राउन्ड हवाई फायर गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए । हवाई फायरपछि तस्करहरू भागेको र घरबाट १४ बोरा भन्सार छलीका सामान बरामद गरिएको उनले बताए ।

२०८१ चैत ८ शुक्रबार, बेलुकी ५:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तस्करीको समान पक्राउ गर्न गएका धनुषा प्रहरीमाथि जाई लाग्दा प्रहरीले गोली चलाएको छ ।
धनुषाको मुखियापट्टि मुसर्निया गाउँपालिका वडा नम्बर ६ बैरिया स्थित भन्सार छलीको सामान नियन्त्रणमा लिन खोज्दा गोली चलेको हो।
तस्करले प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि एक राउन्ड हवाइ फायर गरेको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिए । स्थानीय भजु यादवको घरबाट प्रहरीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा आक्रमण प्रयास गरेका थिए ।
प्रहरीले आत्मरक्षाको लागि एक राउन्ड हवाई फायर गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए । हवाई फायरपछि तस्करहरू भागेको र घरबाट १४ बोरा भन्सार छलीका सामान बरामद गरिएको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…