विद्यालय परिसरमै स्थानीयहरुले बनाए घर, मेयरले खाली नगराउँदा माओवादी कार्यकर्ता धर्नामा
बुधबार मेयर यादवलाई ज्ञापन पत्र बुझाउन गएका नेता कार्यकर्ताहरुले विद्यालय परिसर मात्र खाली गराउने तत्काल सम्झौता गरिए तालाबन्दी खोल्ने मुडमा गएपनि मेयर यादवले विद्यालय परिसर खाली गराउने निर्णय तत्काल लागू नगर्ने भनेपछि उनीहरु आजैदेखि धर्नामा बसेका छन् ।

२०८१ चैत ६ बुधबार, राति ८:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकामा माओवादीका नेता कार्यकर्ताहरु आजदेखि नगरपालिकाको कार्यालयमा धर्ना सुरु गरेका छन् ।
हँसपुर नगरपालिका वडा नम्बर ६ सोनिगामास्थित रहेको समुदायिक विद्यालय परिसरमा घर बनाएर कब्जा गरेको भन्दै खाली गराउन माग राख्दै माओवादी नेता कार्यकर्ताहरु धर्ना दिएका छन् ।
हँसपुरका मेयर प्रदीप यादवले कार्यापालिकाबाट गरेको विद्यालय परिसर खाली गराउने निर्णय लागु नगरेसम्म अनिश्चितकालिन धर्ना दिने बताएका छन् ।
बुधबार मेयर यादवलाई ज्ञापन पत्र बुझाउन गएका नेता कार्यकर्ताहरुले विद्यालय परिसर मात्र खाली गराउने तत्काल सम्झौता गरिए तालाबन्दी खोल्ने मुडमा गएपनि मेयर यादवले विद्यालय परिसर खाली गराउने निर्णय तत्काल लागू नगर्ने भनेपछि उनीहरु आजैदेखि धर्नामा बसेका छन् ।
विभिन्न ३० बुँदे माग राखी माओवादी नगर कमिटीले मेयरलाई ज्ञापन पत्र बुझाएको हो । उनीहरुसँग मेयर यादवले वार्ता बसेका थिए, तर कुरा नमिलेपछि उनीहरु धर्ना सुरु गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…