यादवचोक विवादः भठिहनको चौबाटोमा २०७४ सालदेखि स्थापना छ 'भैरव चौक'
केही जनाले भैरवचौकस्थित कोल्हुवामोरका एक यादव समुदायका ग्यारेज रहेको छ । ग्यारेजमा काम गर्नेहरुसँग भठिहनका एक स्थानीयसँग कुनै विषयमा समान्य विवाद परेपछि यो चौक यादवहरुको हो भनेर देखाउन यादवचोकको बोर्ड लगाएको बताईएको छ ।

२०८१ चैत ६ बुधबार, बिहान ९:०२ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चर्चामा रहेको धनुषा सबैला वडा नं. ९ भठिहनको चौक नामाकरण विवादलाई राजनीतिकरण गरिएको प्रमाणहरु छरपस्ट भेटिएको छ ।
स्थानीय तह गठन हुनु अगाडी नै भठिहनको चौबाटोमा भैरव (ब्रम्ह) चौकको स्थापना गरिएको तस्विर प्रमाणहरु समाजिक सँजालमा राखिएको छ ।
सन् २०१७ जुन २३ अर्थात विक्रम संवत २०७४ साल जेठ ३० गते पूजापाठ गरी भठिहनको चौबाटोमा भैरव (ब्रम्ह) चौकको स्थापना गरिएको देखिएको छ ।
सो चौक स्थापना भठिहनवासी मात्र नभई अहिले यादवचोकको लागि विवाद सृजना गरेका सबैला नपा ९ कोल्हुवामोर (आधा) का यादव समुदाय स्वयंम तस्विरमा देखिएका छन् । भैरवचौकको ध्वजा गाडेर भैरव चौक स्थापना गर्ने कोल्हुवामोरका यादव समुदायका केही व्यक्तिहरु राजनीतिक विवाद सृजना गरेको प्रष्ट भएको छ ।
२०७४ सालमै भैरव (ब्रम्ह) चौक स्थापना गरेका उही व्यक्तिहरु अहिले यादवचौकको माग गर्न थाल्नु नितान्त राजनीतिक फाईदाको लागि उठान भएको विषय रहेको स्थानीय सुरेश रायले बताए । भठिहनको चौबाटो कोल्हुवामोर र भठिहनको बीचमा पर्ने भएकोले दुवै गाउँका व्यक्तिहरुको सर्व सहमतिमा भैरव (ब्रम्ह) चौक नामाकरण गरिएको बताए ।

उनले भने, –“त्यतिबेला नगरपालिका थिएन, त्यतिबेला नामाकरणको अधिकार पनि स्थानीयहरुकै थियो । जसमा दुवै गाउँका व्यक्तिहरु थिए । बढी त कोल्हवामोरकै यादव समुदायका दाजु काकाहरु हुनुहुन्थ्यो । उहाँहरुले नै भैरव चौक नाम राख्नुभयो । अहिले ७ बर्षपछि यादवचोक हुनुपर्छ भनेर विवाद गर्नेहरु उहाँहरु त पक्कै होइनन्, तर उहाँहरुले सत्य बोल्नुपर्छ ।”
२०७४ जेठ ३० गतेमा हिन्दु परम्परा अनुसार ध्वजा (झण्डा) गाडेर भैरव (ब्रम्ह) चौक स्थापना गरेकोमा २०७४ साउन २८ गतेमा आएको बाढीले सो चौकलाई बगाएको थियो । चोक बगाएपनि स्थानीहरुले त्यो स्थानलाई भैरवचौक भनेर सम्बोधन गर्दै आएका हुन् ।
कोल्हुवामोर आधा सबैला नगरपालिका र आधा गाउँ शहिदनगर नगरपालिकामा पर्दछ । कम्यूनिष्ट विचारधाराका नेताहरुले जातीय विवाद गराएर भोँट असुल्ने दाउ लगाएपछि यादवचोकको विवाद सृजना गराइएको बताईन्छ । ७ बर्षदेखि चुईक्क नबोलेका स्थानीयहरु एकाएक यादवचोक स्थापना गर्नको लागि बोर्ड लगाउनेहरु केही लागुऔषध सेवनकर्ता युवकहरु अग्रसर भए त उनीहरुसँगै पढेलेखेका युवकहरु पनि साथ दिन थालेपछि विवाद सृजना भएको बताईएको छ ।

केही जनाले भैरवचौकस्थित कोल्हुवामोरका एक यादव समुदायका ग्यारेज रहेको छ । ग्यारेजमा काम गर्नेहरुसँग भठिहनका एक स्थानीयसँग कुनै विषयमा समान्य विवाद परेपछि यो चौक यादवहरुको हो भनेर देखाउन यादवचोकको बोर्ड लगाएको बताईएको छ ।
तर, केही स्थानीयहरुले भने सबैला नगरपालिकाका मेयर कारिराम यादवले राजनीति सुरु गरेको बताएका छन् । ७ बर्षदेखि भैरवचौकमा कसैलाई आपत्ति नहुनुमा एकाएक यादवचोकको लागि बितण्डा मच्चाउनु राजनीतिक फाईदा लिनको लागि गरिएको षडयन्त्र मात्र रहेको आरोप छ । नाम नखोल्ने शर्तमा एक जनाले भने, –“कम्यूनिष्ट पार्टीका नेताहरु हिन्दु धर्मलाई मान्दैन, उनीहरु पूजापाठ गर्दैनन्, भैरव चौकबाट आपत्ति भएपछि लगाएको यो आगो हो, यसमा मर्ने भनेको गरिब, निमुखाहरुको छोराछोरी हो, नेताहरुको छोराछोरी मर्ने होईन, उनीहरुले उक्सायो, यीनीहरु उक्सेर लाठी लिएर चोक लिन आयो । एक जनाले अनाहकमै गोली खानुपरो, नेता कहाँ छन् ?”
यादवचोकको विवाद मिलाउन धनुषाका प्रशासनले नगरपालिकालाई निर्देशन दिएको छ । मेयर कारिराम यादवले २ महिनाभित्र चोकको नामाकरण हुने प्रतिवद्धता जनाएका छन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…