"खेलाडीहरुको जीवनयापनको व्यवस्था सरकारले गर्नुपर्छ" : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो | जनकपुरधाम, १९ असार । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले खेलाडीहरुको जीवन यापनको व्यवस्था सरकारले नगरे सम्म खेलकुदको समुचित विकास हुन नसक्ने बताउनु भएको छ । एन्फाले मँगलबार जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय एन्फाको कार्यनीति र विधान सम्बन्धि कार्यशालालाई सम्बोधन गर

२०७५ असार १९ मंगलबार, बिहान ११:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १९ असार । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले खेलाडीहरुको जीवन यापनको व्यवस्था सरकारले नगरे सम्म खेलकुदको समुचित विकास हुन नसक्ने बताउनु भएको छ ।
एन्फाले मँगलबार जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय एन्फाको कार्यनीति र विधान सम्बन्धि कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले लामो समयको केन्द्रितकृत शासन व्यवस्थाका कारण उपेक्षामा परेको खेलकुद क्षेत्रले अव विकास गर्नेमा आफु विश्वस्त रहेको बताउनु भयो ।

उहाँले भन्नु भयो , एन्फा नेतृत्व दरवार बाट निस्केर जनताको विचमा आएकोमा धन्यवाद दिन चाहन्छौ, खेलकुदको विकासको लागि सहयोग गर्न प्रदेश सरकार तैयार छ ।,
नेपालमा फुटबलको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उहाँले युवाहरुलाई अनुशासित बनाउन समेत खेलकुदको विकासमा आफुहरुको ध्यान रहेको उल्लेख गर्नु भयो ।
एन्फाका केन्द्रिय अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले एन्फा प्रदेश नं. २ को चन्द्रनिगाहपुरमा महिला टेक्निकल सेन्टरको स्थापना गर्न लागेको जानकारी गराउदै निकट भविष्यमै पुरुष टेक्निकल सेन्टरको समेत स्थापना गर्ने बताउनुभयो ।
उहाँले यो प्रदेशको १२ हजार विद्यार्थीलाई एक साथ फुटबलमा सहभागी गराउने योजना आफुहरुले बनाएको जानकारी समेत गराउनु भयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…