महिनाथपुर गु्ल्मका डिएसपी रिजालसहित तीन सशस्त्र प्रहरीमाथि सम्प्रादायिक भेदभावको जाहेरी
सशस्त्र प्रहरीका डिएसपी रिजालको इसारामा त्यहाँ कार्यरत रहेका सशस्त्र प्रहरीका माधव अधिकारीसहित अन्यले भेदभाव तथा अन्य अपमानजनक कुरा गरी कुटपिट गरेको आरोप लगाएका छन् । चौधरीको खुट्टामा चोट लागेको छ । उनलाई सशस्त्र प्रहरीले गाँजा तस्कर भन्दै खेतमा गएर निर्घात कुटपिट गरेको आरोप लगाएका छन् । उनले घाउ जाँच गराउँदै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएका छन् ।

२०८१ चैत ४ सोमबार, बेलुकी ७:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बोर्डरमा अनाहकमा सर्वसाधारणहरुलाई कुटपिट गरेको आरोपमा महिनापुर गुल्मका ईन्चार्ज डिएसपी सुरज रिजालसहित तीन सशस्त्र प्रहरीमाथि जाहेरी हालिएको छ ।
नेपाल–भारत बोर्डरस्थित धनुषाको महिनाथपुर गुल्मका ईन्चार्ज डिएसपी रिजालले आम सर्वसाधारणलाई विभिन्न आरोप लगाउँदै सम्प्रादायिक भेदभाव गरेको आरोप लगाएको छ ।
धनुषाको विदेह नगरपालिका वडा नम्बर २ बस्ने स्थानीय अमन चौधरी आफ्नो खेतमा बाख्राको लागि पातपतिँगर टिपिरहँदा उनलाई सशस्त्र प्रहरीका दुई जवानले सम्प्रदायिक व्यवहार गरेको आरोप लगाएका छन् ।
सशस्त्र प्रहरीका डिएसपी रिजालको इसारामा त्यहाँ कार्यरत रहेका सशस्त्र प्रहरीका माधव अधिकारीसहित अन्यले भेदभाव तथा अन्य अपमानजनक कुरा गरी कुटपिट गरेको आरोप लगाएका छन् । चौधरीको खुट्टामा चोट लागेको छ । उनलाई सशस्त्र प्रहरीले गाँजा तस्कर भन्दै खेतमा गएर निर्घात कुटपिट गरेको आरोप लगाएका छन् । उनले घाउ जाँच गराउँदै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएका छन् ।
गत फागुन २५ गते अमन चौधरीलाई सशस्त्र प्रहरीले निर्घात कुटपिट गरेको जनाइएको छ । उनले प्रादेशिक अस्पताल जनकपुरमा उपचारपछि घर फर्केका छन् ।

समान्य समान लिएर जाने सर्वसाधारणसँग समेत अभद्र व्यवहार गर्न थालेको आरोप चौधरीले लगाए । उनले जाहेरी दर्ताको सन्दर्भमा आफूलाई बचाउ खोज्दा केही महिलाहरुमाथि समेत अभद्र व्यवहार गरेको बताएका छन् ।
यता, डिएसपी रिजालले भने उल्टै प्रहरीलाई कुटपिट गरेको आरोप लगाउँदैै आरोप खण्डन गरे । उनले प्रहरी कुटपिट गरेको भन्दै उनीहरुमाथि मुद्दा चलाएको बताए । उनले सशस्त्र प्रहरीले कुनै कुटपिट नगरेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…