
न्यूज ब्यूरो, सर्लाही । सर्लाही जिल्लाका भारतसँग जोडिएका विभिन्न सीमावर्ती नाकाहरु गिट्टी–बालुवा तस्करीका मुख्य केन्द्र बन्दै गएका छन्।
मधुबनी र अर्नाहा भएर भारत संग जोडिएका विभिन्न नाकाहरु भएर अबैध रुपमा भारत तर्फ गिट्टी–बालुवाको तस्करीका केन्द्र बनेका छन् ।
नेपालको प्राकृतिक सम्पदाको दोहन गरेर तस्करहरु नेपाली गिट्टी–बालुवा भारत भित्रयाउने कार्य जारी भएपनि नियन्त्रण गर्ने निकाय मौन रहेका छन।
विशेष गरी मधुबनी र अर्नाहा नाकाबाट अबैध रूपमा नेपाली गिट्टी–बालुवा, मदिरा र अन्य सामग्री भारत भित्र्याउने तस्करी धन्दा खुलेआम चलिरहेको छ। यता, नेपाल प्रहरी र सशस्त्र प्रहरीका पोष्टहरू सीमामा तैनाथ भए पनि सुरक्षाकर्मी र व्यापारीबीचको साँठगाँठले राजस्व चुहावटको नियन्त्रण कमजोर बनेको छ।
मधुबनीमा सशस्त्र प्रहरी बलको बिओपी र अर्नाहामा नेपाल प्रहरीको चौकी तैनाथ छ। तर, दुवै स्थानका प्रमुख सशस्त्र प्रहरी निरीक्षक लोकेन्द्र चन्द र प्रहरी सहायक निरीक्षक संजय यादवको सेटिङ्गमा तस्करी मौलाएको स्थानीय स्रोतको दाबी छ।
उनीहरूको मिलोमतोमा सीमाबाट गिट्टी–बालुवा, मदिरा, गाई–गोरु जस्ता सामग्री भारत पुर्याउने तथा भारतबाट कपडा, खाद्यान्न, स्पेयर पार्ट्स, चामल, किराना सामान लगायतका सामग्री नेपाल भित्र्याउने कार्य खुलेआम भइरहेको छ।
नेपाल सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरी संगै नेपाल प्रहरीको पोष्ट खडा गर्न लगाएर राजस्व चुहावटलाई नियन्त्रण गर्ने उद्देश्य राखेको भएपनि उक्त पोष्टका इन्चार्जहरु इमान्दार नभए राजस्व चुहावट नियन्त्रण गर्न कल्पना गर्न सकिदैनन् ।
सर्लाही जिल्लाको भारत संग जोडिएका सीमानाकाहरुको हविगत उस्तै बनेको छ । सीमानाका भएर अबैध रुपमा भित्रिने सामानहरुलाई जफत गरेर भन्सार कार्यालय बुझाउनुपर्ने तर त्यसो नभई उल्टै सेटिंगमै मस्त रहदा सरकारी राजस्व प्रभावित हुँदै आएका हुन् ।
यस्तै उदाहरण अहिले सर्लाहीको मधुवनी र अर्नाहाको अवस्था छ । सशस्त्र प्रहरी बिओपी मधुवनी र प्रहरी चौकी अर्नाहाका इन्चार्जको सेटिंगमा यस्ता राजस्व छलीका सामानहरुको कारोवार गर्ने व्यापारीहरुको अहिले उक्त क्षेत्रमा रजगज रहेका छन् ।
मधुबनी र अर्नाहा भएर भारत तर्फ गिट्टी बालुवा, मदिरा, गाई गोरु सहितका सामानहरु तथा भारतबाट नेपाल तर्फ कपडा, खाद्यान्न सामग्री, स्पेयर पार्टस, धान, चामल, किराना सामानहरु सहितका विभिन्न सामानहरु निर्वाध रुपमा नेपाल र भारत तर्फ गईरहेको छ । उक्त कार्य गर्न सुरक्षामा तैनाथ सुरक्षाकर्मीहरु संग तस्करी गर्ने व्यापारीहरुको साँठगाँठमा गोरखधन्धा संचालनमा रहेको स्थानीय श्रोतले बताएको हो ।
मधुवनी नाका अन्तर्गतका नन्कार, अर्नाहा, भगवानपुर लगायतका चोर नाकाहबाट सीमापारी गिट्टी–बालुवाको तस्करीको मुख्य मार्ग बन्दै गएका छन् । सीमावर्ती भारतीय गाउँ र बजार सम्म दिनहुँजसो निर्माण सामग्रीको तस्करी भइरहेको स्थानीयवासीहरुले बताए ।
चुरे क्षेत्र र आसपासका खोलानालाबाट उत्खनन गरिएका गिट्टी–बालुवा सीमाक्षेत्रमै भण्डारण गरी रातारात भारतीय बजारमा पठाइने गरिन्छ। तस्करी रोक्न पटक–पटक आवाज उठे पनि सुरक्षाकर्मीको संलग्नताले प्रभावकारी रोकथाम हुन नसकेको स्थानीयवासीहरूको गुनासो छ।
सर्लाहीको चुरे क्षेत्र देखि लिएर आसपासका खोलानाला दोहन गरेर सीमावर्ती क्षेत्रमा गिट्टी–बालुवाको भण्डारण गरिन्छ । चुरे क्षेत्र र प्रमुख खोलानालामा भइरहेको अवैध उत्खननले वातावरणीय असन्तुलन निम्त्याएको छ।
स्थानीय बागमती, लखनदेही, फुलजोर र बाँके खोलामा गिट्टी–बालुवा दोहन नियन्त्रणबाहिर छ। यसको प्रत्यक्ष असर जिल्लाका गाउँहरूमा देखिन थालेको छ। चुरेको अन्धाधुन्ध उत्खननका कारण गर्मी महिनामा पानी संकट गहिरिँदै गएको छ।
गर्मी महिनामा जिल्लाका सयौं गाउँहरूमा पानी संकट उत्पन्न हुने निश्चित छ । गर्मी याम सुरु हुन लागेसंगै कतिपय स्थानमा हैण्डपाइपहरु सुक्न थालेका छन् ति सबै प्रकोप चुरे दोहनको नतिजा रहेको जानकार बताउँछन् ।
सशस्त्र प्रहरी सिमा बल नेपाल नम्वर १० गणका गणपति एवं एसपी देव चन्दले आफू आए देखि नै सर्लाहीका विभिन्न सिमानाकाहरुबाट हुने् राजस्व चुहावटको कार्यलाई निरुत्साहित गर्न निर्देशन दिदै आएको छु । मधुवनी नाका भएर गिटी बालुवा लगायतका सामानहरु तस्करी भएको आफूलाई जानकारी नभएको बताउदै यदी त्यस्तो भईरहेको छ भने आवश्यक कारवाही गरिने बताए ।
तर, स्थानीयवासीहरूको भनाइमा, सम्बन्धित सुरक्षाकर्मी र व्यापारीबीचको सेटिङ्ग नभएसम्म यस्तो ठूलो परिमाणमा तस्करी सम्भव नहुने स्पष्ट देखिन्छ।
स्थानीय बासिन्दा, सरोकारवाला निकाय र सरोकारवालाहरूले सीमामा प्रविधिमार्फत निगरानी, ड्रोन, इमान्दार सुरक्षाकर्मीको परिचालन, तथा स्थानीय तह र बासिन्दाको सहभागितामा निगरानी समिति गठन गर्न माग गरिरहेका छन्। अन्यथा, चुरे दोहन, राजस्व चुहावट र तस्करीको श्रृंखला अझ भयावह बन्ने चेतावनी दिएका छन्।
यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो
- २०८१ चैत ३ सोमबार
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।
पूरा पढ्नुहोस्