मलेसियामा नेपालीहरुमा हलचल, गैरकानुनी आप्रवासीमाथि धरपकड, सयौं पक्राउ
न्यूज ब्यूरो | जनकपुरधाम, १९ असार । मलेसियामा गैरकानुनी रुपमा रहदै आएका आप्रवासी कामदारलाई धरपकड सुरु गरिएको छ । उनीहरुलाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि संचालन गरिएको ‘पुनस् भर्ना एवं दर्ता कार्यक्रम’ को समयावधि शनिबार सकिएलगत्तै थालिएको धरपकडमा आइतबार राजधानी क्वालालम्पुर र आसपासका क्षेत्रबाट मा

२०७५ असार १९ मंगलबार, बिहान ११:२१ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १९ असार । मलेसियामा गैरकानुनी रुपमा रहदै आएका आप्रवासी कामदारलाई धरपकड सुरु गरिएको छ ।
उनीहरुलाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि संचालन गरिएको ‘पुनस् भर्ना एवं दर्ता कार्यक्रम’ को समयावधि शनिबार सकिएलगत्तै थालिएको धरपकडमा आइतबार राजधानी क्वालालम्पुर र आसपासका क्षेत्रबाट मात्रै २२९ जना आप्रवासीहरु पक्राउ परेका हुन् ।
देशका अन्य क्षेत्रमा समेत विदेशी कामदारहरु पक्राउ परेका खबरहरु सार्वजनिक भएका छन् ।
अध्यागमन अधिकारीहरुको नेतृत्वमा आइतबार दिउंँसो राजधानी क्वालालम्पुरका जलान तुन रजाक, सेन्ट्रल मार्केट, पासार सेनि, लेबु पुडु, मेडान पासार, पेतालिङ स्ट्रिट, जलान सिलाङ लगायत क्षेत्रबाट उनीहरु पक्राउ परेका मलेसियाली संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
ती अधिकारीहरुले ती ठाउँहरुमा दिउँसो २ बजेदेखि बेलुका अवेरसम्म खानतलासी गरेका थिए ।
उक्त अवधिमा करिब १ हजार ६ सय ७२ जना आप्रवासीहरुमाथि खानतलासी गरिएको र तीमध्ये गैरकानुनी अवस्थामा भएको पाइएका २२९ जनालाई पक्राउ गरिएको समाचारहरुमा उल्लेख छ ।
तीमध्ये कति नेपाली छन्, भन्ने पूर्ण जानकारी सार्वजनिक गरिएको छैन । यद्यपी पक्राउ परेकाहरुमा बढीजसो इण्डोनेसियाली र बंगालदेशी नागरिकहरु रहेका छन् तर नेपालीहरु भने न्युन रहेको हुनसक्ने अनुमान छ ।
यसअघि पुनस् रोजगारी अर्थात ‘रिहाइरिङ’ कार्यक्रममार्फत अस्थायी श्रम स्विकृतिका लागि दर्ता हुन दिइएको करिब अढाई वर्षे ९सन् २०१६ फेब्रुवरी १५ देखि यता अवधिमा समेत उक्त प्रक्रियामा सहभागी नभई लुकीछिपी काम गरिरहेका गैरकानुनी आप्रवासीहरु सरकारको निशानामा छन् ।
अधिकारीहरुले दोषी आप्रवासी कामदार र उनीहरुलाई रोजगारी दिने रोजगारदाता दुवैलाई कडा कारबाही हुने चेतावनी दिएका छन् ।
धरपकड अभियान आफैं सहभागी भएका अध्यागमन विभागका प्रमुख मुस्ताफिर अलीले आइतबार पत्रकार सम्मेलन गर्दै गैरकानुनी आप्रवासीहरुको समस्या मुलुकका लागि ‘दुषित’ भएकाले यस्तो उक्त कदम चालिएको बताएका छन् ।
डुबान सम्भाबित एरियामा साबधानीको लागि !! १. मोबाइल फोनको न्युनतम प्रयोग गर्नुस ।
इमरजेन्सीमा मोबाइल चाहिन्छ । २. सकिन्छ ब्याट्रीबाट चल्ने एउटा रेडियो साथमा
राख्नुस । सरकारी तथा आपतकालिन उद्दार बारेको
जानकारी रेडियोले दिन्छ । ३. एउटा टर्च राखिराख्नोस । रात परेपछि काम लाग्छ । ४. शुद्ध पानीको जोहो गरिराख्नोस । खानेकुरा जोगाउनुस । ५. बिरामी र उनिहरुको औषधि , वृद्ध र बालकहरुको राम्रो हेरबिचार गर्नुस । ६. बत्ती कतै सट भएको छ कि छैन चेक गर्नुस । ७. राति सुत्दा घरको एक वा दुइजना पालो गरेर
मात्र सुत्नुस । वरिपरिको अवस्था के कसो छ ख्याल गर्नुस । ८. बिसालु सर्प ले पनि आबानो ठाउँ खोज्दै घर भित्र आउन सक्छ त्यस्बाट पनि सुरक्षित रहनुहोला१ ९. बलिया र युवा साथिहरु पानी रोकिएपछी आवस्यक पर्ने उद्दार को लागि तयार रहनुस ।तराई क्षेत्रमा डुबान सम्भाबित एरियामा साबधानि को लागि सार्वजनिक हितको लागि न्यूज ब्यूरोद्धारा जनहितमा जारी सन्देश
उनका अनुसार यसैबर्ष जनवरीदेखि आइतबारसम्ममा गैरकानुनी अवस्थमा रहेका १९ हजार ९ सय ६९ जना कामदार र ५३६ जना रोजगारदाताहरु पक्रा परिसकेका छन्, तीमध्ये बहुसंख्यक इण्डोनेसियाली छन् ।
पक्राउ पर्नेहरुमा ६,८७१ जना इण्डोनेसियाली, ३,९३५ बंगलादेशी, २,०११ फिलिपिनो, १९९० जना बर्मेली र बाँकी नेपालसहित अन्य मुलुकहरुका रहेका अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ ।
सरकारी तथ्यांकअनुसार गत अढाईबर्षयता ८३ हजार ९ सय १९ रोजगारदातासाग सम्बद्ध ७ लाख ४४ हजार ९ सय ४२ जना गैरकानुनी आप्रवासी कामदार अस्थायी श्रम स्विकृति लिने प्रक्रियामा दर्ता भएपनि तीमध्ये ३ लाख ७ हजार ५ सय ५७ जना मात्रै पूर्ण प्रक्रियापछि श्रम स्विकृति प्राप्त गर्न योग्य भएका थिए ।
तर अझैपनि कयौं त्यस्ता कामदारहरुले स्वास्थ्य परिक्षण, बायोमेट्रिक लगायत प्रक्रियामा सामेल भएपनि श्रम स्वीकृति पाइ नसकेका गुनासोहरु छन् ।
देशव्यापी धरपकड अभियानसंगै गैरकानुनी कामदारहरुलाई स्वदेश फर्कनका लागि आगामी अगष्ट महिनासम्मको समयावधि दिइएको छ ।
तर कयौं नेपालीहरु घरफिर्तीका लागि आवश्यक पर्ने एकतर्फी यात्रा अनुमति पत्र लिनका लागि क्वालालम्पुरस्थित नेपाली दुतावाससम्म आउँदा बाटैमा पक्राउ परिने पो हो कि भन्ने त्रासमा छन् ।
विदेशी कामदारहरुको लागि चर्चित पकड क्षेत्र मानिएको क्वालालम्पुरका जलान (सिलाङ कोताराय) आसाासमा आइतबार दिउँसो व्यापक धरपकड हुँदा त्यहाँ रहेका नेपाली, बंगलादेशी, स्थानीय लगायतका व्यवसाय दिनभर प्रभावित रह्यो ।
नेपाली, बगलादेशी लगायत ग्राहक लक्षित अधिकांश रेष्टुराँ तथा पसलहरु समेत धरपकडको प्रत्यक्ष प्रभावमा परे, दिनभर जसो बन्द थिए ।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…