
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले होलीमा सत्रु पनि मित्रताको भावना राख्नुपर्ने धारणा राखेका छन् ।
जनकनन्दिनी गाउँपालिकाद्धारा आयोजना गरिएको होली मिलन समारोहमा बोल्दै गाँपा अध्यक्ष यादवले मनमा लागेका नाकारात्मक भावनालाई साकारात्मक उर्जामा परिवर्तन गर्न होली पर्व मनाएको बताए ।
होली सौहार्द वातावरणमा मनाउन आग्रह गर्दै गाउँपालिका अध्यक्ष यादवले स्थानीय होरी गबैयाहरुलाई सम्मान गरे । होरी गवैयाहरुलाई अबिर, टोपी र गम्छा लगाउँदै सम्मान गरे ।
विभिन्न वडाका वडाध्यक्ष, गाउँपालिकामा कार्यरत कर्मचारीहरु र स्थानीयहरुको उपस्थितिमा होली मिलन कार्यक्रम गरिएको हो ।
सो क्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अयोधी दासले होली पर्वमा कर्मचारी र जनप्रतिनीधिबीचको दुरी हटाउनका लागि समारोहको आयोजना गरिएको बताए । गाउँपालिकामा कर्मचारी र जनप्रतिनीधिबीचको सम्बन्ध सुमधुर नै भएपनि कहिलेकाँही हुने अमिलोपना हटाउनको लागि होली मिलन समारोहले अमिलोपना हटाउने विश्वास जनाए ।
कार्यक्रममा जिन्सी शाखाका रामनरेश ठाकुर, कम्यूटर अपरेटर सँजय यादव, आईटी शाखाका ऋषिकेश यादव, लेखा शाखाका अभिषेक विराजी, प्राविधिक शाखाका मुकेश मण्डल, अर्जुन मण्डल, रोजगार शाखाका सुनिल पासवान, सुरेन्द्र यादवसहित वडा न. ४ का वडाध्यक्ष दिलिप यादव, वडा नं. १ का वडाध्यक्ष सँतोष गोईत, वडा नं. ५ का वडाध्यक्ष अशोक मण्डल, वडा नं. ३ का वडाध्यक्ष विष्णुदेव साह बानियाँ लगायत सम्पूर्ण कर्मचारी र जनप्रतिनीधिहरुले उल्लासका साथ होली मनाए ।
सो क्रममा वडा नं. ४ का वडाध्यक्ष दिलिप यादवले शुभकामना मनतव्य राखेका थिए ।
५ बर्षको लभ पछि 'प्रेम विवाह', अहिले दाईजोमा ६० लाख नगदसहित सुन र जमिन माग्दै !
- २०८१ चैत १ शनिबार
न्यूज ब्यूरो, सिरहा । सिरहामा प्रेम विवाह गरेकी एक युवतिलाई ससुरा पक्षले दाईजोको लागि परेशान गरेपछि मुद्दा दायर भएको छ । सिरहाको अर्नमा गाउँपालिका वडा नं. २ ब्रम्हपुरीमा एउटा प्रेम विवाहले
पूरा पढ्नुहोस्