जनकपुरको कदमचोकबाट ९ लाख बढी रुपैयाँसहित चार युवक पक्राउ 

२०८१ फाल्गुण २८ बुधबार
बिहान ११:१३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट प्रहरीले साढे ९ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ कदमचोकस्थितबाट श्रोत नखुलेको ९ लाख ६८ हजार १२० रुपैयाँसहित चार युवकलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा चेकजाँच गर्दा धनुषा प्रहरीले सो रकम बरामद गरेको हो । 

पक्राउ पर्नेहरुमा महोत्तरीको एकडारा गाउँपालिका कोल्हवा बस्ने बर्ष २४ को सुरज मण्डल, उनका दाई दिपक कुमार मण्डल, सर्लाहीको ब्रह्मपुरी बस्ने अरुण कुमार साह र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ कुवा बस्ने बर्ष ३३ को गोविन्द कुमार खत्वेलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले मधेश प्रदेश ०२–००७ प ८०७७ नम्बरको मोटरसाईकल चेकजााँच गने क्रममा मोसा चालक शिवम कुमार साहको साथबाट श्रोत नखुलेको रकमसहित पक्राउ गरिएको थियो । सोधपुछको क्रममा जनकपुरको देवीचोकमा डेरा गरी बस्दै आएका चारै जनाको नाम भनेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरुको साथबाट ५ थान मोबाईल, विभिन्न बैँकको चेक, भौचरसहित पासपोर्ट र ८० हजार १२० रुपैयाँ नगद गरी कुल ९ लाख ६८ हजार १२० रुपैयाँसहित नियन्त्रणमा लिएको हो । आवश्यक कारवाहीको लागि अनुसन्धान भईरहेको जनाईएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको राजदेवी मन्दिरमा 'फैशन होईन', वस्त्र कोड लागू हुनुपर्छ

  • २०८१ फाल्गुण २८ बुधबार

सम्पादकीय । प्राचीन कालका राजा जनककी कुलदेवी रहेकी हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको राजदेवी मन्दिरमा वस्त्रको कोड लागू गर्नु आवश्यकता देखिएको छ ।  हिन्दुहरुको आस्थाको केन्द्र रहेको शक्तिपीठ राजदेवी मन्दिरमा दशैँभरि हुने

पूरा पढ्नुहोस्

Bureau Menus