जनकपुरको कदमचोकबाट ९ लाख बढी रुपैयाँसहित चार युवक पक्राउ
उनीहरुको साथबाट ५ थान मोबाईल, विभिन्न बैँकको चेक, भौचरसहित पासपोर्ट र ८० हजार १२० रुपैयाँ नगद गरी कुल ९ लाख ६८ हजार १२० रुपैयाँसहित नियन्त्रणमा लिएको हो । आवश्यक कारवाहीको लागि अनुसन्धान भईरहेको जनाईएको छ ।

२०८१ फागुन २८ बुधबार, बिहान ११:१३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट प्रहरीले साढे ९ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ कदमचोकस्थितबाट श्रोत नखुलेको ९ लाख ६८ हजार १२० रुपैयाँसहित चार युवकलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा चेकजाँच गर्दा धनुषा प्रहरीले सो रकम बरामद गरेको हो ।
पक्राउ पर्नेहरुमा महोत्तरीको एकडारा गाउँपालिका कोल्हवा बस्ने बर्ष २४ को सुरज मण्डल, उनका दाई दिपक कुमार मण्डल, सर्लाहीको ब्रह्मपुरी बस्ने अरुण कुमार साह र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ कुवा बस्ने बर्ष ३३ को गोविन्द कुमार खत्वेलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले मधेश प्रदेश ०२–००७ प ८०७७ नम्बरको मोटरसाईकल चेकजााँच गने क्रममा मोसा चालक शिवम कुमार साहको साथबाट श्रोत नखुलेको रकमसहित पक्राउ गरिएको थियो । सोधपुछको क्रममा जनकपुरको देवीचोकमा डेरा गरी बस्दै आएका चारै जनाको नाम भनेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट ५ थान मोबाईल, विभिन्न बैँकको चेक, भौचरसहित पासपोर्ट र ८० हजार १२० रुपैयाँ नगद गरी कुल ९ लाख ६८ हजार १२० रुपैयाँसहित नियन्त्रणमा लिएको हो । आवश्यक कारवाहीको लागि अनुसन्धान भईरहेको जनाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…