
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको भारत संग जोडिएका विभिन्न सिमानाकाहरु भएर अहिले निर्वाध रुपमा सरकारी राजस्व छलेर मालसामानहरु ठूलो परिमाणमा भित्रयाइने कार्य जारी रहेका छन् ।
अबैध रुपमा नेपाल भित्रयाइउने मालसामानहरु सीमानाकामा तैनाथ विभिन्न सुरक्षाका इकाईहरु, जिल्लाका घुमुवा प्रहरीको सेटिंगमा विगत केही महिना देखि सर्लाही जिल्लामा संस्थागत रुपमा सरकारी राजस्व छलेर तस्करीको माध्यमबाट मालसामानहरु भित्रिने कार्य जारी रहेका हुन् ।
नेपालमा एउटा उखान छ “जुन गोजी आए कानै चिरेको” भने झै सर्लाहीमा सुरक्षा निकायका जुन प्रमुख आएपनी तस्करी कार्य रोकिएका छैनन् । पछिल्लो समयमा सर्लाहीमा तस्करी कार्य मौलाउदै गएका छ । तस्करीले आफनो रेकर्ड आफैं तोडिदै पछिल्लो समय सर्लाही तस्करीको अखडा बन्दै गएको छ ।
सर्लाहीको पुर्वी नाकाहरु त्रिभुवन नगर, पर्सा सङ्ग्रामपुर र पश्चिमी खुटौना भाडसर सिमरा बारा, मधुवनी, बलरा, लक्ष्मिपुर, सिरकटा चोक, छतौना, छनकी नाकाहरुबाट भारी परिमाणमा तस्करीको माध्यमबाट मालसामानहरु भित्रिने कार्य जारी रहेको छ ।
पुर्वमा पर्सा र संग्रामपुरका विभिन्न चोर बाटोहरुबाट तस्करी बिओपी संग्रामपुर र पर्सा चौकीका असइ सेटिङमा व्यापक तस्करी हुने गरेको पाइएको छ । यता त्रिभुवन नगर नाकाहरुमा टावर चौकका विभिन्न चोर नाकाहरुबाट महिला तथा बालबालिकाको प्रयोग गरेर व्यापक तस्करी हुँदै आएका छन ।
पर्साको विभिन्न नाकाहरुबाट कपडा लता तथा किराना समानहरु व्यापक तस्करी हुनुका साथै गाईगोरु समेत भारत तफै तस्करीको माध्यमबाट गईरहेका छन् । सर्लाही जिल्लामा सशस्त्र प्रहरीको दुई वटा प्रस्तावित गुल्म रहेका छन । सिमरा गुल्मले बारा, बहादुरपुर, मधुवनी र छतौना बिओपी हेर्ने गरेका छन भने टावर चौक गुल्मले पुर्व बिओपी सहित सदरमुकाम मलगवा बाट पश्चिमी बिओपी खुटौना र भाडसरलाई समेत हेर्ने गरेको बुझिएको छ ।
मधुवनीबाट र छतौना भएर तस्करी हुने सामान विभिन्न चोर नाकाहरु हुँदै हिरापुर, पिपराभिता, हजरिया बरहथवा लगायत बरहथवा आसपसाका गाउँ तथा हाट बजारमा पुग्ने गरेको श्रोतले बतायो ।
पश्चिममा मधुवनी र छतौना बिओपी अन्तर्गत चोर नाकाहरुमा बरहथवा आसपासका व्यापारीका लागि रोजाईमा पर्ने नाकाहरु छन । त्यसमा छतौनाका सेढवा छन्की नाका तस्करको पहिलो रोजाईमा पर्ने गरेका छन । यी नाकाहरुबाट बागमती बाध हुँदै महिनाथपुर बागमती पुल हुँदै रौतहटका माधोपुर, समनपुर, गरुडा सहितका बजारहरुमा तस्करी गरेका समानहरु जाने गरेका छन । भने यी बाध हुँदै समानहरु पिपराभित्ता बजार हुँदै बरहथवा सम्म्म पुग्ने गरेको बताइएको छ ।
मधुवनीबाट तस्करी भएका समान गडहियाबाट चोर बाटो हुदै सिसौट, मलघट्टा हुँदै महिनाथपुर मानपुर, भगवतिपुर पथलैया हुँदै बरहथवा आसपासका हाट बजार तथा गाउँका पसलहरु पुग्ने गरेका छन ।
छतौनाको सेढवा छन्की भएर नेपालमा तथा मदिरा समेत भारी परिमाणमा भारतमा तस्करी हुदै आएका छन । त्यस्तै उक्त नाकाबाट नेपालमा प्रतिबन्ध रहेका बचबा माछा सजिलै भित्रिने कार्य जारी छ तर सम्बध निकाय सेटिंग हुँदा चुप लागेर बसेका छन् ।
सिमाका प्रहरी चौकी तथा बिओपीका प्रमुखहरूले आफनो विश्वासपात्रलाई सादा पोशाकमा घुमुवा राखेर तस्करी गराउदै आएको स्रोतको दाबी छ । तस्करी कार्य बढेपछि मलंगवा भन्सारको राजस्वमा कमी आएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका घुमुवा मुकेश गुप्ता, रामसेवक ठाकुर, ईलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी सहायक निरीक्षक गगनदेव भगत र प्रदेश प्रहरी कार्यालयका घुमुवा तेज नारायण यादवमाथि व्यापारीहरूसँग खुलेआम रकम असुली गरेको गम्भीर आरोप लागेको छ ।
बलरा, फेनहरा, सिमरा, बहादुरपुर, मधुवनी गाउँ, अर्नाहा, छंकी टोला लगायतका सीमावर्ती नाकाहरूबाट अवैध तस्करी खुलेआम भइरहेको छ । स्रोतका अनुसार यी नाकाहरूबाट कपडा, किराना सामान, लाइटर, माछा, कबाड जस्ता सामग्री भारतबाट नेपाल ल्याइन्छ भने नेपालबाट गिट्टी, बालुवा र रक्सी भारततर्फ तस्करी भईरहेको छ । व्यापारीहरूले प्रहरीका घुमुवाहरूको संरक्षणमा यी सम्पूर्ण तस्करी गतिविधिहरू सञ्चालन भइरहेको आरोप लगाएका छन् ।
बरहथवामा तस्करी गरिएका सामग्रीहरू भण्डारण गरिन्छ र त्यहाँबाट देशभर आपूर्ति गरिने श्रोतले बतायो । प्रहरी सहायक निरीक्षक तेज नारायण यादव तस्करीका गतिविधिमा मात्र होइन, प्रहरी विभागका विभिन्न तहसम्म सेटिङ मिलाउने काममा पनि संलग्न रहेको बताइएको छ । उनी ईलाका प्रहरी कार्यालय बरहथवा सर्लाही मातहत रहेका प्रहरी चौकी शंकरपुरका इन्चार्जका रूपमा कार्यरत भए पनि वास्तविक रूपमा घुमुवा भूमिका निर्वाह गरिरहेका छन् ।
प्रसनी तेज नारायण यादव यसअघि पनि विवादमा परेका थिए । स्रोतका अनुसार उनी मलंगवाको झिम नदी किनारमा रातको समयमा एक युवतीसँग अश्लील गतिविधिमा लिप्त रहेको अवस्थामा स्थानीय युवाहरूले समातेका थिए । घटनास्थलबाट उनी एक बोतल रक्सी सहित फेला परेका थिए । नियन्त्रणमा लिइएपछि सशस्त्र प्रहरीको १० नम्वर गणमा बुझाइएको थियो । अनुसन्धानका क्रममा ती युवती मलंगवाको एक होटल एण्ड लजमा काम गर्नेको रुपमा खुलेको थियो ।
प्रहरी सहायक निरीक्षक तेज नारायण यादवले व्यापारीहरू सुरेश यादव, लखिन्द्र यादव, सरोज यादव, राजेश ठाकुर, राजेश महतो ९बरहथवा०, विजय यादव, नबिन चौधरी, बुधु यादव, राम ईश्वर लगायतका तस्करहरूबाट असुली गरिरहेको स्रोतले जनाएको छ । व्यापारीहरूसँग मिलेर उनीहरूले नियमित रूपमा असुली धन्दा सञ्चालन गरिरहेको आरोप छ ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी रबीन्द्रबहादुर सिंहले खुला सिमा भएको हुँदा शतप्रतिशत नियन्त्रण गर्न गाह्रो रहेको बताए । केही स्थानमा हाम्रै मातहतका मिलेको हल्ला चल्छ तर अनुसन्धान गर्दा त्यसमा कुनै सत्यता हुँदैनन । त्यसैले जव सम्म प्रमाणित हुँदैनन तव सम्म कसैलाई दोषि भन्न मिल्दैनन उनले भने ।
तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?
- २०८१ फाल्गुण २६ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका
पूरा पढ्नुहोस्