स्पष्टिकरण सोधिएपछि बौखलाए निलम्बित कोषाध्यक्ष यादव, ७० लाख दिएको प्रमाण दिन चुनौति 

२०८१ फाल्गुण २६ सोमबार
रति ८:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले तत्कालिन कोषाध्यक्ष सुरेन्द्र यादवलाई स्पष्टिकरण सोधिएपछि उनी बौखलाएका हुन् । 

पार्टी विद्यान विपरित गतिविधि गरिएको भन्दै उनलाई स्पष्टिकरण सोधेपछि स्पष्टिकरण पेश गर्नुको साटो मिडियाबाजी गरेपछि उनी बौखलाएको आरोप लगाईएको छ । 

जनमत पार्टीका प्रवक्ता शरद यादवले स्पष्टिकरण सोधेपछि स्पष्टिकरण पेश गर्नुपर्नेमा उल्टै मिडियाबाजी गरेर नानाथरी झुठा आरोपहरु लगाउन थालेको प्रतिक्रिया दिएका छन् । 

विभिन्न राजनीतिक पार्टीबाट सँचालनमा रहेको अनलाइन मिडियाहरुमा तत्काल निलम्बनमा परेका कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले जथाभावी प्रतिक्रिया दिई समाचार लेख्न लगाएको आरोप लगाएका छन् । 

प्रवक्ता यादवले भने, –“पार्टीमा रहेपछि अनुशासन पालन हुनुपर्छ, स्पष्टिकरण सोध्दैमा साबित हुने होईन नी, स्पष्टिकरण सोधेपछि स्पष्टिकरण पेश गर्नुपर्छ, जवाफ चित्तबुझदो भए निलम्बन फुकुवा हुने हो, भएन भने अन्य प्रक्रिया हुन्छ, की मिडियाबाजी गर्ने ?” 

न्यूज ब्यूरोसँगको एक प्रश्नमा प्रवक्ता यादवले पार्टी अध्यक्ष डा. सिके राउतलाई गाडी किन्न ७० लाख रुपैयाँ दिएको भ्रामक र मिथ्या कुरा फैलाएको भन्दै यसको प्रमाण पेश गर्न चुनौति दिए । प्रवक्ता यादवले गाडी किन्न ७० लाख रुपैयाँ दिएको वा लगाएको अन्य आरोपको प्रमाण मिडियामै दिन चुनौति दिए । 

केही सँचारमाध्यममा आएको समाचारप्रति आपत्ति जनाउँदै प्रवक्ता यादवले मिडियाहरुले पनि भनेकै आधारमा लेखिदिने, पार्टीगत प्रतिशोधको धारणा छाप्ने पत्रकारहरु पनि देखिए । उनीहरुले कहिले प्रमाण मागेनन, यो न्यून्तम मापदण्ड होईन र मिडियाको ? उनले प्रश्न गरे । 

प्रवक्ता यादवले अध्यक्ष राउतप्रति लगाएको आरोप पुष्टि गर्न चुनौति दिए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus