काठमान्डौँमा फोहोर गरेको भन्दै महानगरले राप्रपालाई दियो १ लाखको जरिवाना पूर्जी

२०८१ फाल्गुण २६ सोमबार
बिहान ०८:३२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ ।  काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ। सार्वजनिक क्षेत्रमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै राप्रपालाई जरिवाना–पत्र काटेको हो ।

महानगर प्रहरीले राप्रपा मुख्यालयका नाममा पठाएको पत्रमा ‘पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेको’ उल्लेख  छ ।

फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरिबाना तोकिएको महानगरले उल्लेख गरेको छ ।

निर्वाचन आयोग, र काठमाडौं महानगरको प्रशासन विभागलाई बोधार्थ दिइएको उक्त पत्रमा नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापामगरले हस्ताक्षर गरेका छन्।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूजब्यूरो समाचार प्रभावः भारतीय नागरिक मियाँको नागरिकता बदर गर्न सिफारिस 

  • २०८१ फाल्गुण २६ सोमबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ को सिफारिसबाट नागरिकता बनाएका भारतीय नागरिक मोस्ताक मियाँको नागरिकता बदर गर्नको लागि सिफारिस गरिएको छ ।  वडा नम्बर ३ का वडाध्यक्ष

पूरा पढ्नुहोस्

Bureau Menus