छैठौँ पटक प्रधानमन्त्री बन्ने धुनमा देउवा
कांग्रेस ठूलो पार्टी भए पनि बहुमत नभएको उल्लेख गर्दै एकढिक्का भएर अगाडि बढे आगामी चुनावमा एक्लै सरकार बनाउन सक्ने अवस्था आउनेसमेत सभापति देउवाले स्पष्ट पारे । सभापति देउवाले स्थानीय तह जनताका सबैभन्दा नजिकका सरकार रहेका बताए ।

२०८१ फागुन २४ शनिबार, बिहान ११:१५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छैटौँपटक प्रधानमन्त्री बनेर रेकर्ड बनाउने धुनमा रहेका छन् ।
अहिले उनी फेरि आफू प्रधानमन्त्री बन्ने धुनमा रहेको भन्दै उनको अर्जुनदृष्टि सिंहदरबारमै अड्किएको बताइन्छ । महोत्तरीको मनराशिश्वा नगरपालिकामा शुक्रबार आयोजित सभामा नेपाली कांग्रेसका सभापति देउवाले आफू फेरि प्रधानमन्त्री बन्ने बताएर ध्येयलाई खोलेका छन् ।
आफू केपी शर्मा ओलीपछि प्रधानमन्त्री बन्ने भएकाले देशलाई बलियो बनाउने दृढ संकल्प लिएको सभापति देउवाले बताए । भारतीय सीमावर्ती मनराशिशवा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले भने, ‘अहिले एउटा पार्टीको सरकार बन्न निकै नै गाह्रो छ । त्यसकारण दुई वटा पार्टी मिलेर सरकार बन्यो, अहिले ओलीजी हुनुहुन्छ । त्यसपछि कांग्रेसबाट प्रधानमन्त्री बन्ने हो । म पद ओगट्न चाहने नेता पनि होइन । धेरैपल्ट प्रधानमन्त्री भइसक्या छु । अर्को पटक पनि प्रधानमन्त्री बन्ने सम्भावना छ । मैले बलियो र मजबुत नेपाल बनाउने सपना देखेको छु ।’ खडेरी हुने, हिमाल र हिउँ पग्लिने क्रम बढ्दै गएर जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालमा समेत परेकोले नेपालका सबै राजनीतिक दल जलवायु परिवर्तनको सवालमा एकमत हुनुपर्ने उनले बताए ।
कांग्रेस ठूलो पार्टी भए पनि बहुमत नभएको उल्लेख गर्दै एकढिक्का भएर अगाडि बढे आगामी चुनावमा एक्लै सरकार बनाउन सक्ने अवस्था आउनेसमेत सभापति देउवाले स्पष्ट पारे । सभापति देउवाले स्थानीय तह जनताका सबैभन्दा नजिकका सरकार रहेका बताए ।
उनले यहाँबाट सम्पादन हुने सेवा सरल र सहज बन्नसके जनताले असल सरकारको अनुभूति गर्न सक्ने उल्लेख गरे । सभापति देउवाले भने, ‘स्थानीय तह जनताको पहुँचको पहिलो सरकार हुन्, यहाँबाट जनताले पाउने सेवा, सुविधा प्रविधिमैत्री र सरल हुनसके जनप्रतिनिधि र कार्यालयबारे सकारात्मक सन्देश प्रवाह हुनेछ ।’
स्थानीय तह दैननदिन काममा जनतासँग सोझो सरोकारका हुने हुँदा यहाँको प्रभावकारी सेवा प्रवाहमा जनप्रतिनिधि दत्तचित्त भएर लाग्नुपर्ने उनको भनाइ थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…