राराब स्वीयू चुनावमा विद्यार्थीको रोजाइमा नेता 'अजय पण्डित'
राराब कलेजमा पढने विद्यार्थीहरु पनि जातपातको राजनीतिमा सक्रिय रहेको बेला अजय पण्डित जातपातभन्दा पनि व्यक्तिगत विचारको रुपमा उभिएका छन् । ५ गते हुने चुनावमा अजय पण्डित अन्य उम्मेदवारभन्दा अब्बल एकल उम्मेदवार देखिएका छन् । उनी लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ) का नेतृत्व गरिरहेका छन् ।

२०८१ फागुन २२ बिहीबार, बिहान १०:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आगामी चैत्त ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा जनकपुरको राराब क्याम्पसमा विद्यार्थी नेतामा अजय पण्डित विद्यार्थीहरुको पहिलो रोजाई बनेका छन् ।
२०८० मा भएको स्वीयू चुनावपछि राराब क्याम्पसमा एकाएक उदाएका विद्यार्थी नेता अजय पण्डित अहिले राराब पढने विद्यार्थीहरुको आस्थाको रुपमा उभिएका छन् ।
विद्यार्थीहरुको समस्यालाई लिएर दिनरात कलेज चहार्ने अजय पण्डितलाई विद्यार्थीहरुले प्राथमिकतमा राखेका छन् । राराब कलेजमा विभिन्न राजनीतिक पार्टीबाट चुनाव लडने विद्यार्थी नेताहरु भएपनि अजय पण्डित एक इमोशनको रुपमा उभिएका छन् । उनलाई पार्टीभन्दा पनि व्यक्तिगत रुपमा विद्यार्थीहरुको चहेता उम्मेदवारको रुपमा स्थापित हुन सफल भएका छन् ।
राराब कलेजमा पढने विद्यार्थीहरु पनि जातपातको राजनीतिमा सक्रिय रहेको बेला अजय पण्डित जातपातभन्दा पनि व्यक्तिगत विचारको रुपमा उभिएका छन् । ५ गते हुने चुनावमा अजय पण्डित अन्य उम्मेदवारभन्दा अब्बल एकल उम्मेदवार देखिएका छन् । उनी लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ) का नेतृत्व गरिरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…