मलाई बदनाम गर्न खोज्नेहरु मुख देखाउने लायक रहेनन्ः अध्यक्ष गुप्ता
तर, मन्त्री यादवले नाम खुलाएपछि अध्यक्ष गुप्ताले आफूलाई बदनाम गर्न खोज्नेहरुको अनुहार रातोपिरो भएको भन्दै कटाक्ष गरे । मन्त्री यादवको अभिव्यक्तिको घण्टौँसम्म महासंघ धनुषाले जवाफ माग नगरेपछि अध्यक्ष गुप्तामाथि शंका उब्जिएको थियो । विभिन्न पार्टीका पत्रकारहरुको छाता संगठन रहेको नेपाल पत्रकार महासंघले चुप्पी लादेपछि शंका गरिएपनि मन्त्रीले नाम खुलाएपछि अध्यक्ष गुप्ताले कटाक्ष हाने ।

२०८१ फागुन २२ बिहीबार, बिहान ८:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन गुप्ताले आफूलाई बदनाम गर्न खोज्ने पत्रकारहरु मुख देखाउने लायक नरहेको कटाक्ष गरेका छन् ।
मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले दिएको अभिव्यक्तिपछि चुलिएको विवादको क्रममा अध्यक्ष गुप्तालाई लक्षित गरी केही अन्य दलका पत्रकारहरुले उनलाई बदनाम गर्न खोजेको आरोप लगाउँदै उनीहरुको मुखभरिको जवाफ मिलेको बताए ।
मैथिली विकास कोषको एक कार्यक्रममा मन्त्री यादवले जनकपुरका पत्रकारले धम्काएको, थर्काएको आरोप लगाएपछि पत्रकारको नाम सार्वजनिक गर्न माग उठेको थियो । बुधबार साँझ मन्त्री यादवले जनकपुर टुडेका पत्रकारको नाम खुलाएपछि सो अगाडी अध्यक्ष गुप्तामाथि लगाएको आरोप निराधार साबित भएको थियो ।
मन्त्री यादवको अभिव्यक्तिको घण्टौँसम्म महासंघ धनुषाले जवाफ माग नगरेपछि अध्यक्ष गुप्तामाथि शंका उब्जिएको थियो । विभिन्न पार्टीका पत्रकारहरुको छाता संगठन रहेको नेपाल पत्रकार महासंघले चुप्पी लादेपछि शंका गरिएपनि मन्त्रीले नाम खुलाएपछि अध्यक्ष गुप्ताले कटाक्ष हाने ।
यद्यपी, मन्त्रीले नाम खुलाएपनि अझै महासंघले कुनै अधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…