सँचारकर्मी मिश्रले ठोके पत्रकार महासंघको सदस्यताबाट राजिनामा, अध्यक्ष गुप्ताको नैतिकतामाथि प्रश्न
नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन गुप्ताले अझै जवाफ नमागेपछि उनको नैतिकतामाथि प्रश्न तेर्सिएको छ । पत्रकारहरुको बारेमा मन्त्रीको अभिव्यक्ति गम्भिर प्रकृतिको भएपनि अध्यक्ष गुप्ताले जवाफ नमाग्नु उनकै संलग्नता पुष्टि हुन्छ । अभिव्यक्ति दिएको घण्टौ वितिसक्दा पनि मन्त्रीसँग अधिकारिक जवाफ माग्न नसक्नु अध्यक्ष गुप्ताले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने माग उठेको छ ।

२०८१ फागुन २१ बुधबार, बिहान ९:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल पत्रकार महासंघ धनुषाका सदस्य एवम् सँचारकर्मी घनश्याम मिश्रले महासंघबाट राजिनामा दिएका छन् ।
मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले धनुषाका पत्रकारहरुलाई लक्षित गर्दै बार्गेनिँग गरेको अभिव्यक्ति दिएपछि पत्रकार मिश्रले राजिनामा दिएका हुन् । उनले आफ्नो फेसबुकमा स्टेटस लेख्दै महासंघको सदस्यबाट राजिनामा दिएका हुन् ।
मन्त्री यादवले पत्रकारहरुको बारेमा अभिव्यक्ति दिएपछि नेपाल पत्रकार महासंघ धनुषा शाखाले चुईक्क नबोलेपछि महासंघकै केही पदाधिकारीले बार्गेनिँग गरेको ठहर गर्दै साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको उल्लेख गरेका छन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन गुप्ताले अझै जवाफ नमागेपछि उनको नैतिकतामाथि प्रश्न तेर्सिएको छ । पत्रकारहरुको बारेमा मन्त्रीको अभिव्यक्ति गम्भिर प्रकृतिको भएपनि अध्यक्ष गुप्ताले जवाफ नमाग्नु उनकै संलग्नता पुष्टि हुन्छ । अभिव्यक्ति दिएको घण्टौ वितिसक्दा पनि मन्त्रीसँग अधिकारिक जवाफ माग्न नसक्नु अध्यक्ष गुप्ताले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने माग उठेको छ ।
मन्त्री यादवको अभिव्यक्तिले जनकपुरका पत्रकारहरुको छवीमाथि दाग लगाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…