महिनाथपुरका डिएसपी रिजालले सर्वसाधारणलाई दुःख दियो, तस्कर मोटाएः मेयर दास
ठुल ठुला तस्करहरुको लाखौँको समान पास भएपनि साना तिना सर्वसाधारणलाई तेल नुनको लागि रोकेर १० रुपैयाँ ५० रुपैयाँ लिने गरेको आरोप लगाए । उनले ठुला तस्करलाई बचाउनको लागि आम सर्वसाधारणलाई दुःख दिएको बताए ।

२०८१ फागुन २० मंगलबार, बिहान १०:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सशस्त्र प्रहरी महिनाथपुर गुल्मका ईन्चार्ज डिएसपी सुुरज रिजालले तस्कर पालेको आरोप लागेको छ ।
धनुषा विदेह नगरपालिकाका मेयर बेचन दासले डिएसपी रिजालले पावर प्रयोग गरी आम सर्वसाधारणलाई दुःख दिने गरेको आरोप लगाएका छन् । मेयर दासले तस्करीका समानहरु निर्वाध आएपनि दैनिक घरायसी प्रयोजनका समान ल्याउने सर्वसाधारणलाई दुःख दिन थालेको आरोप लगाएका छन् ।
उनले गाउँमा सिसिटिभी क्यामेरा लगाएर अनाहक निगरानी बढाएकोप्रति आक्रोस पोख्दै सर्वसाधारण तर्साउन मात्र खोजेको आरोप लगाए । उनले भने–“म विदे नगरपालिकाका मेयर हुँ, म यहाँको प्रमुख हुँ, मेरो वडाहरु मेरो मातहतमा छ । कहाँ के गर्नुपर्छ त्यो हाम्रो सरोकारको विषय हो । हामीसँग कुनै अनुमति नै नलिई क्यामेरा जडान गर्नु उपयुक्त होईन, यसले आम सर्वसाधारणले विरोध जनाएको छ ।”
ठुल ठुला तस्करहरुको लाखौँको समान पास भएपनि साना तिना सर्वसाधारणलाई तेल नुनको लागि रोकेर १० रुपैयाँ ५० रुपैयाँ लिने गरेको आरोप लगाए । उनले ठुला तस्करलाई बचाउनको लागि आम सर्वसाधारणलाई दुःख दिएको बताए ।
उनले डिएसपी रिजालले आफ्नो हठ नत्यागे यहाँका आम जनता सशक्त हुने चेतावनी समेत दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…