थोरै बर्षातपछि हुलाकी सडक बन्द, यातायात समेत ठप्प
न्यूज ब्यूरो | जनकपुरधाम, १८ असार । बर्षातको मौसमपछि आएको थोरै बर्षातले हुलाकी सडक बन्द भएको छ । जनकपुरदेखि धनुषा र सिरहा जिल्ला जोडने कमला नदीसम्मको हुलाकी सडक बन्द भएकै अवस्था भएको छ । आईतवारदेखि आएको अबिरल बर्षाका कारण हुलाकी सडकमा मोटो हिलो जमेको छ भने अधिकाँश ठाउँमा पानीको स्तर बढेपछि यातायातका

२०७५ असार १८ सोमबार, दिउँसो १:४७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १८ असार । बर्षातको मौसमपछि आएको थोरै बर्षातले हुलाकी सडक बन्द भएको छ ।
जनकपुरदेखि धनुषा र सिरहा जिल्ला जोडने कमला नदीसम्मको हुलाकी सडक बन्द भएकै अवस्था भएको छ ।
आईतवारदेखि आएको अबिरल बर्षाका कारण हुलाकी सडकमा मोटो हिलो जमेको छ भने अधिकाँश ठाउँमा पानीको स्तर बढेपछि यातायातका साधन समेत ठप्प भएको छ ।
जनकपुरको कपिलेश्वरदेखि कमला नदि किनारसम्म सँचालनमा रहेको सार्वजनिक बस सेवा समेत ठप्प भएको छ ।

सदरमुकाम जनकपुरदेखि पूर्वी धनुषाका सर्वसाधारणसम्म जोडने एक मात्र सडकको रुपमा रहेको हुलाकी सडकको दुर्दशापछि उक्त भेकका सर्वसाधारणहरु प्रत्यक्ष मारमा परेका छन् ।
सदरमुकामसम्म विभिन्न सेवा लिन आउने सर्वसाधारणहरु हुलाकी सडक बन्द भएपछि विच्चलीमा परेका छन् । भने आकस्मिक सेवाहरु समेत प्रभावित भएको देखिएको छ ।
पूर्वी धनुषाबाट विरामी लिएर जनकपुरसम्म आउने एक मात्र बाटोको रुपमा रहेको हुलाकी सडक बन्द भएपछि झन मार्कामा सर्वसाधारणहरु परेका छन् ।

जनकपुरदेखि कमला नदिसम्मको ठेक्का लिएका पूर्व ठेक्केदार एवम् वर्तमान प्रदेश नं. २ का प्रदेश साँसद किशोरी साह प्रदेश साँसद भएपछि हुलाकी सडक निर्माणको कार्यलाई कछुवा गति दिएका छन् ।
साहले तहगत ठेकेदार राखेपनि हुलाकी सडकको कार्य समयमै पुरा नगरिदिएर लाखौँ सर्वसाधारणलाई मारमा पारेका छन् ।
यता, केही महिनाअघि देखि नै संघीय साँसद एवम् प्रदेश २ धनुषा जिल्ला क्षेत्र नं. २ का प्रतीनीधिसभा सदस्य उमा शँकर अरगरियाले असार महिनाभित्र हुलाकी सडकमा न्यून्तम ग्राभेल सम्म गरिदिन भनेपनि ठेक्केदारले अटेरी गरेको छ ।
अरगरियाले हुलाकी राजमार्ग आयोजनाका डिईसँग समेत भेटघाट गरी असार महिनाभित्रै ग्राभेल हुने आश्वासन दिएपनि पुरा गर्न भने सकेका छैनन् ।
न्यूज ब्यूरोसँग कुरा गर्दै नेता अरगरियाले आफू बारम्बार सम्बन्धित पक्षलाई जानकारी र सँसदमा समेत दबाब बनाएपनि अटेरी गरेको बताए ।
उनले हुलाकी सडकको अवस्था बारे भौतिक योजना निर्माण मन्त्री रघुविर महासेठलाई उदृत गर्दै ठेकेदारलाई कारवाहीको लागि आश्वासन दिएको बताए ।
हुलाकी सडक अन्तर्गत भोईल, औरही, एकराही मुडिवा, सराबे लगायतका ठाउँहरुमा पुलको डाईभर्सनका कारण यातायात ठप्प भएको अवस्था छ ।
थोरै पानी परेपछि बाढी जस्तो आएकोले सवारी साधन आरपार हुन सकेको छैन ।
प्रत्येक वर्ष हुलाकी सडकमा वर्षायाममा सडक ठप्प हुने गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…