सभापतिमा मेरो उम्मेदवारी कायम छः सचिव साह

२०८१ फाल्गुण १६ शुक्रबार
रति ८:५५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको राराब कलेजमा हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा आफू सभापतिको उम्मेदवार रहेको दाबी वर्तमान सचिव करण साहले गरेका छन् । 

वर्तमान कार्य समितिको सचिव रहेका साहले फेसबुकमा एक स्टेटस लेख्दै आफ्नो उम्मेदवारी सभापतिमा कायम रहेको प्रष्टयाएका छन् । 

केही जनाले गलत प्रचार प्रसार गरेको भन्दै आफू सभापतिमै चुनाव लडने जनाएका छन् । 

“सत्यको पक्षमा, अगाडि बढ्ने प्रतिबद्धता । म करण साह, स्ववियु सभापति पदका लागि मेरो उम्मेदवारी कायम रहेको छ।
केही गलत प्रचार गर्दै केही साथीहरूले ूम चुनाव लड्दिनू भन्ने भ्रामक हल्ला फैलाइरहेका छन्। म सबैलाई स्पष्ट गर्न चाहन्छु कि म यो चुनावमा पूर्ण प्रतिबद्धताका साथ सहभागी छु र विद्यार्थीहितका लागि संघर्ष गर्न तयार छु। तपाईंहरूको साथ, समर्थन, र विश्वास नै मेरो प्रेरणा हो ।”– उनले लेखेका छन् । 

आगामी चैत्त ५ गते स्वीयू निर्वाचनको लागि राराब कलेजमा दिग्गज विद्यार्थी नेताहरुले उम्मेदवारी दिने भएका छन् । उनीहरुले अहिले नाम नखुलाएपनि आन्तरिक र स्वतन्त्र मतले बाजी मार्ने सम्भावना प्रबल रहेको छ । 

  • 60%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८१ फाल्गुण १६ शुक्रबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus