सभापतिमा मेरो उम्मेदवारी कायम छः सचिव साह
“सत्यको पक्षमा, अगाडि बढ्ने प्रतिबद्धता । म करण साह, स्ववियु सभापति पदका लागि मेरो उम्मेदवारी कायम रहेको छ। केही गलत प्रचार गर्दै केही साथीहरूले ूम चुनाव लड्दिनू भन्ने भ्रामक हल्ला फैलाइरहेका छन्। म सबैलाई स्पष्ट गर्न चाहन्छु कि म यो चुनावमा पूर्ण प्रतिबद्धताका साथ सहभागी छु र विद्यार्थीहितका लागि संघर्ष गर्न तयार छु। तपाईंहरूको साथ, समर्थन, र विश्वास नै मेरो प्रेरणा हो ।”– उनले लेखेका छन् ।

२०८१ फागुन १६ शुक्रबार, राति ८:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको राराब कलेजमा हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा आफू सभापतिको उम्मेदवार रहेको दाबी वर्तमान सचिव करण साहले गरेका छन् ।
वर्तमान कार्य समितिको सचिव रहेका साहले फेसबुकमा एक स्टेटस लेख्दै आफ्नो उम्मेदवारी सभापतिमा कायम रहेको प्रष्टयाएका छन् ।
केही जनाले गलत प्रचार प्रसार गरेको भन्दै आफू सभापतिमै चुनाव लडने जनाएका छन् ।
“सत्यको पक्षमा, अगाडि बढ्ने प्रतिबद्धता । म करण साह, स्ववियु सभापति पदका लागि मेरो उम्मेदवारी कायम रहेको छ।
केही गलत प्रचार गर्दै केही साथीहरूले ूम चुनाव लड्दिनू भन्ने भ्रामक हल्ला फैलाइरहेका छन्। म सबैलाई स्पष्ट गर्न चाहन्छु कि म यो चुनावमा पूर्ण प्रतिबद्धताका साथ सहभागी छु र विद्यार्थीहितका लागि संघर्ष गर्न तयार छु। तपाईंहरूको साथ, समर्थन, र विश्वास नै मेरो प्रेरणा हो ।”– उनले लेखेका छन् ।
आगामी चैत्त ५ गते स्वीयू निर्वाचनको लागि राराब कलेजमा दिग्गज विद्यार्थी नेताहरुले उम्मेदवारी दिने भएका छन् । उनीहरुले अहिले नाम नखुलाएपनि आन्तरिक र स्वतन्त्र मतले बाजी मार्ने सम्भावना प्रबल रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…