धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा स्कूल स्तरीय फुटबल प्रतियोगिता सुरु
बिनय कुमार यादव | जनकपुरधाम, १७ असार । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा स्कूल स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल फुटबल संघको आयोजना र क्षिरेश्वरनाथ नगरपालिकाको सहयोगमा शनिबारदेखि स्कूल स्तरीय फुटबल प्रतियोगिता सुरु भएको हो । अखिल नेपाल फुटबल संघको आयोजना र क्षिरेश्वरनाथ नगरपालिकाको स

२०७५ असार १७ आइतबार, दिउँसो १२:४२ बजे१ मिनेट पढाइ

बिनय कुमार यादव |
जनकपुरधाम, १७ असार । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा स्कूल स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल फुटबल संघको आयोजना र क्षिरेश्वरनाथ नगरपालिकाको सहयोगमा शनिबारदेखि स्कूल स्तरीय फुटबल प्रतियोगिता सुरु भएको हो ।
अखिल नेपाल फुटबल संघको आयोजना र क्षिरेश्वरनाथ नगरपालिकाको सहयोगमा सुरु भएको फुटबल प्रतियोगिता क्षिरेश्वर स्पोर्ट्स क्लबका अध्यक्ष केवल मुखियाको अध्यक्षता एवम् क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पंजियारको प्रमुख आतिथ्यमा विधिवत रुपमा उद्घाटन गरिएको हो ।
प्रतियोगितामा जिल्ला भरिका १५ वटा टिम सहभागी भएका छन् । प्रतियोगिता क्षिरेश्वर जनता उमाविको ग्राउन्डमा सुरु भएको छ ।
पहिलो खेलमा क्षिरेश्वर जनता मावि महेन्द्रनगर र सरस्वती मावि बफै भिड्नेछन् भने दोस्रो खेलमा बि गोदार र नव शान्ति बिरेन्द्र बजार आमने-सामने हुनेछन् । फाइनल खेल असार ३० गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम विजेतालाई १५००० दोस्रोलाई १०००० रुपैयाँ र सिल्डले पुरस्कृत गरिनेछ ।
उद्घाटन कार्यक्रमको प्रमुख अतिथीमा मेयर योगेन्द्र पंजियार, विशिष्ट अतिथीमा कबड्डी संघका अध्यक्ष सरोज सिंह, पुर्व फुटबल प्रशिक्षक सुरेन्द्र खाती, पुर्व कबड्डी प्रशिक्षक रामनारायण राई, जिल्ला फुटबल कोषाध्यक्ष मुरारी अधिकारी, वडा ४ का वडाध्यक्ष जगदीश यादव, ७ का रामकृष्ण यादव, कार्यपालिका सद्स्य बिरेन्द्र सिंह, फुटबलका कार्यबाहक सुरेश शर्मा, ईलाका प्रहरी महेन्द्रनगरका इन्चार्ज, स्थानीयवासी, बुद्धिजीवी, समाजसेवी लगायतका उल्लेखनीय सहभागिता रहेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…