धनुषाको मिथिलाबिहारीमा आत्मेश्वरनाथ महादेव मन्दिरको प्राण प्रतिष्ठा
सो उदघाटन कार्यक्रममा मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का समाजसेवी बुद्विजिवी, राजनैतिक प्रतिनिधिहरु , विभिन्न क्लवका प्रतिनिधिहरु उपस्थितीमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

२०८१ फागुन १५ बिहीबार, बिहान ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारीमा आज शिवरात्रीकै दिन आत्मेश्वरनाथ महादेव मन्दिरको प्राण प्रतिष्ठा एवं उदघाटन गरिएको छ । त्यहाँ यसलाई उत्मेश्वर महादेव भनेर सम्बोधन गरिएको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर वडा नम्बर ५ उतिमपुर स्थित महादेवको अवतार आत्मेश्वर महादेवको प्राण प्रतिष्ठा एवं उदघाटन एक कार्यक्रमबीच गरिएको हो ।
मिथिला बिहारी नगरपालिकाका वडा नम्बर ५ को वडा अध्यक्ष सुरेन्द्र कुमार मण्डलको प्रमुख आतिथ्यमा आत्मेश्वर महादेव मन्दिरको प्राण प्रतिष्ठा एवं उदघाटन गरिएको हो ।
प्राण प्रतिष्ठा एवं उदघाटन कार्यक्रममा वडा सदस्यहरु तथा स्थानीय श्रीनारायण मण्डल, महेश मंडल,, शंकर मण्डल , राम दिप रजक , उपेन्द्र मण्डल , दिलिप मण्डलको समेत विशेष उपस्थितिमा उदघाटन गरिएको हो ।
सो उदघाटन कार्यक्रममा मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का समाजसेवी बुद्विजिवी, राजनैतिक प्रतिनिधिहरु , विभिन्न क्लवका प्रतिनिधिहरु उपस्थितीमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको आयोजक मिथिला विहारी नगरपालिका वडा नम्बर ५ रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…