तराईको विभिन्न क्षेत्रमा हुस्सु, केही ठाउँमा बर्षाको सम्भावना
हिउँद याम सकिन ३ दिन मात्र बाँकी रहँदा अहिलेसम्म ९ दशमलव ५ मिलिमिटर मात्रै वर्षा भएको जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिनुभयो । हिउँद सुक्खा हुँदो डढेलोसँगै वायु प्रदुषण बढ्नुका साथै कृषि क्षेत्रमा असर परेको छ ।

२०८१ फागुन १३ मंगलबार, बिहान ९:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा छ । तराईका थोरै ठाउँहरूमा हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक मात्र प्रभाव रहेकोले आज र भोलि देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने छ ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशमा भने हल्का हिमपातको सम्भावना छ । भोलि बेलुका पनि कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना छ । तर पर्सि बिहीवारदेखि भने पश्चिमी वायु सक्रिय भएर बिहानैदेखि नेपालमा वर्षा गराउने प्रणाली विकास हुने मौसमविद् विनोद पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार यो प्रणालीले पर्सि बिहीवार र शुक्रवार काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । हिउँदको अन्त्यमा विकसित हुन लागेको प्रणालीले पश्चिम नेपालमा भने राम्रो वर्षा गराउने सम्भावना बढेको छ ।
मङ्सिर १६ देखि फागुन १६ सम्मको हिउँदे अवधिमा सरदर ६० मिलिमिटर वर्षा हुने गरेको छ । तर यसपटक औसतभन्दा कम पानी परेको छ ।
हिउँद याम सकिन ३ दिन मात्र बाँकी रहँदा अहिलेसम्म ९ दशमलव ५ मिलिमिटर मात्रै वर्षा भएको जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिनुभयो । हिउँद सुक्खा हुँदो डढेलोसँगै वायु प्रदुषण बढ्नुका साथै कृषि क्षेत्रमा असर परेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…