स्थानीय सेवा ऐन २०८१ संशोधनको माग, संघर्ष समितिले प्रदेश सभा सदस्यलाई ध्यानाकर्षण
संघर्ष समितिका प्रदेश सहसंयोजक रुबी यादव, प्रदेश कोषाध्यक्ष रामदेव कापर, प्रदेश सदस्य संजिव यादव धनुषा जिल्ला संयोजक नागेश्वर कुमर, सदस्य नन्द ठाकुर, र सदस्य सोभित यादवलगायतको टोली माननीय महतोको निजी निवासमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो।

२०८१ फागुन १२ सोमबार, राति ९:०१ बजे१ मिनेट पढाइ

प्रमोद शर्मा, जनकपुरधाम । मधेश प्रदेश सरकारद्वारा ल्याइएको स्थानीय सेवा ऐन २०८१ तथा सेवा गठन विधेयकमा त्रुटी भएको भन्दै त्यसको संशोधनको माग उठाइएको छ।
सिअहेब (सिनियर) अनमी पाँचौं तहका कर्मचारीहरूको वृद्धि तथा विकासमा असर परेको भन्दै धनुषा सी। अहेब सी। अनमी संघर्ष समितिले प्रदेश सभा सदस्य माननीय संजय महतोलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
संघर्ष समितिका प्रदेश सहसंयोजक रुबी यादव, प्रदेश कोषाध्यक्ष रामदेव कापर, प्रदेश सदस्य संजिव यादव धनुषा जिल्ला संयोजक नागेश्वर कुमर, सदस्य नन्द ठाकुर, र सदस्य सोभित यादवलगायतको टोली माननीय महतोको निजी निवासमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो।
ध्यानाकर्षण पत्र बुझ्दै माननीय महतोले सो विषयमा गम्भीर ध्यान दिने प्रतिबद्धता जनाउँदै ऐन संशोधनका लागि पहल गर्ने आश्वासन दिएका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…