
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय योजना आयोगले आउँदो आर्थिक वर्षको बजेटका लागि १९ खर्ब रुपैयाँको सीमा निर्धारण गरेको छ ।
आयोगले अर्थ मन्त्रालयलाई राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारण समितिको प्रतिवेदन बुझाउँदै १९ खर्ब रुपैयाँको सीमा निर्धारण गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको नेतृत्वमा यो समिति रहने गर्छ ।
सरकारले चालू आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएकोमा मध्यावधि समीक्षामार्फत १६ खर्ब ९२ अर्ब रुपैयाँमा झारेको छ । त्यसमा झन्डै १२ प्रतिशत वृद्धि हुने गरी सीमा निर्धारण गरेको योजना आयोगले जनाएको छ ।
आयोगले संवैधानिक निकाय, क्षेत्रगत मन्त्रालय, प्रदेश सरकार, स्थानीय तथा तथा सङ्घीय सञ्चित कोषबाट व्ययभार हुने निकायहरूका लागि खर्चको सीमा तथा स्रोतसँगै मध्यकालीन खर्च संरचनाको खाका तयार पारेको हो ।
मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न
- २०८१ फाल्गुण ६ मंगलबार
न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।
पूरा पढ्नुहोस्