भोलीदेखि खजुरीमा भव्य झण्डा मेला, एक दिन विद्यालयहरु बन्द रहने
यस्तै ३० गतेदेखि फागुन ६ गतेसम्म सबै विद्यालयहरुमा विहानको सिफ्टमा पठनपाठन गराउन गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले आग्रह गरेका छन् । गाउँपालिका उपाध्यक्ष कमला सहगलका अनुसार, भेलाको भव्यता हिसाबले मेला सबैदेखि लाग्ने भएपछि एक साता कम्तीमा विहानको शिफ्टमै पठनपाठन गराउन आग्रह गरेकी हुन् ।

२०८१ माघ २८ सोमबार, बिहान १०:०० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरस्थित भोलीदेखि भव्य झण्डा मेला महोत्सव सुरु हुने भएको छ ।
भोली २९ गते मेलाको उदघाटन र भव्य कलश यात्रा हुने भएपछि एक दिन समुदायिक विद्यालयहरु बन्द गर्नुपर्ने अवस्था भएको गाउँपालिकाले जनाएको छ ।
खजुरी विद्यालयकै फिल्डमा मेला आयोजन हुने भएपछि साउण्डको कारण विद्यार्थीहरुलाई मार्का पर्न सक्ने तथा कलश यात्रामा ७ हजार बढी श्रद्धालुहरु सहभागी हुने भएपछि एक दिन विद्यालय बन्द गर्नुपर्ने बताईएको छ ।
यस्तै ३० गतेदेखि फागुन ६ गतेसम्म सबै विद्यालयहरुमा विहानको सिफ्टमा पठनपाठन गराउन गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले आग्रह गरेका छन् । गाउँपालिका उपाध्यक्ष कमला सहगलका अनुसार, भेलाको भव्यता हिसाबले मेला सबैदेखि लाग्ने भएपछि एक साता कम्तीमा विहानको शिफ्टमै पठनपाठन गराउन आग्रह गरेकी हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…