सरकारमा जानलाई कुनै बार्गेनिँग गरेका छैनौँः अध्यक्ष यादव
अध्यक्ष यादवले सरकारले ल्याएको अध्यादेश संसदको कार्यसूचीमा आउने बितिकै आवश्यक निर्णय लिइने बताए । अध्यादेशका बारेमा पार्टी अध्ययनकै क्रममा रहेको उनले बताए । उनले आफ्नो पार्टीका कारण अध्यादेश नअड्किएको समेत बताए ।

२०८१ माघ २७ आइतबार, बेलुकी ७:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले सरकारमा जान कुनै बार्गेनिङ नगरेको स्पष्ट पार्नुभएको छ पारेका छन्
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष यादवले पार्टी सरकारमा जाने अवस्थामा नरहेको भन्दै सरकारमा जान कुनै बार्गेनिङ नगरेको स्पष्ट पारेको हो ।
उनले आफ्ना पार्टी र आफुबिरुद्ध नियोजित रुपमा चलाइएको भ्रममा कुनै सत्यता नरहेको जिकिर गरे ।
अध्यक्ष यादवले सरकारले ल्याएको अध्यादेश संसदको कार्यसूचीमा आउने बितिकै आवश्यक निर्णय लिइने बताए ।
अध्यादेशका बारेमा पार्टी अध्ययनकै क्रममा रहेको उनले बताए । उनले आफ्नो पार्टीका कारण अध्यादेश नअड्किएको समेत बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…