.jpeg)
न्यूज ब्यूरो, जनकपुरधाम । सरकार घचघचाउन मोर्चा गठन गर्ने उदेश्यले मधेश केन्द्रीत ८ राजनीतिक पार्टीहरुले एक कार्यदल बनाएको छ ।
सत्ता साझेदार र प्रतिपक्षमा रहेका मधेश केन्द्रित विभिन्न आठ दलहरूले कार्यदल गठन गरेका छन् । बिहीबार सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा बसेको बैठकले आठ सदस्यीय कार्यदल गठन गरेको हो ।
बैठकमा जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा), नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) सहभागी छन् ।
कार्यदलमा जनता समाजवादी पार्टी ९जसपा०का इस्तियाक राई, जनमत पार्टीका शरदसिंह यादव, जसपा नेपालका मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, लोसपाका लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालका केशव झा, जनता प्रगतिशीलका शिवजी यादव र तमलोपाका ब्रजेस सिंह रहेका छन् ।
कार्यदलले अवधारणा, एजेन्डा, मोडिलाटी र आचारसंहिता सँगसँगै समग्र राजनीतिक परिस्थितिबारे दृष्टिकोण बनाएर शीर्ष नेताहरू समक्ष प्रतिवेदन पेस गर्ने सदस्य केशव झाले जानकारी दिए ।
- २०८१ माघ १७ बिहीबार