चन्दन रौनियार |
सुनसरी, १५ असार । सप्तरीको राजबिराजबाट बिराटनगरको लागि हिडेको माईक्रो गाडी आज सुनसरीको हरिपुरमा पल्टिएको छ ।
को १ ज ३१२४ नम्बर रहेको माईक्रो गाडी सुनसरीको हरिपुरमा पल्टिदा १२ जना घाइते भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको हरिपुरमा आज विहान माइक्रो दुर्घटना हुँदा १२ जना घाइते भएका हुन।
राजविराजबाट विराटनगरतर्फ आउदै गरेको को १ ज ३१२४ नम्बरको माईक्रो कोशी गाउँपालिका ७ हरिपुरमा अनियन्त्रित भई सडकमा पल्टिएको हो।
घाइते हुनेमा सप्तरी लालापटी दिपेन्द्र यादव, राजेश यादव, राकेश यादव, राजकुमार यादव, आशा कुमारी चौधरी, पूर्ण प्रसाद चौधरी, अमित यादव, सुनैता सिंह, ममता कुमारी चौधरी, जितु दास, काशीनाथ ठाकुर, गुरबल यादव रहेका छन्।
घाईतेहरुको जिल्ला अस्पताल ईनरुवा र गोल्डेन अस्पताल विराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ भने माइक्रो चालक सुनसरी कोशी गाउँपालिका ३ बस्ने अरुणकुमार यादवलाई सिमा प्रहरी चौकी भाण्टाबारीले नियन्त्रणमा लिएको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…