धनुषाधाम नगरपालिकामा पुनः दास भए प्रमुख प्रशासकीय अधिकृत, लेखामा यादवको बढुवा 

२०८१ माघ १५ मंगलबार
बिहान ११:२१ बजे
न्यूज ब्यूरो, डेस्क
तस्विरमा बाँयामा सँजीत दास र दायाँमा प्रशान्त यादव

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सँजीत प्रसाद दास पुनः फर्केका छन् । 

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले केही निमित्त अधिकृतहरुलाई जिम्मेवारीबाट मुक्त गरेको थियो । सोही सूचिमा धनुषाधाम नगरपालिकाका अधिकृत दास पनि परेका थिए । तर, दुई दिन पछि पुनः दासलाई आर्थिक प्रशासनिक जिम्मेवारी दिई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा फर्काएको हो । 

मन्त्रालयले गत माघ १० गते देशभरिका १३ वटा स्थानीय तहको निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुलाई जिम्मेवारीबाट हटाएको थियो । अधिकृत दासको कार्य कौशलतामाथि पुर्नविचार गर्दै उनलाई पुनः जिम्मेवारी तोकिएको हो । 

यसका साथै, सोही नगरपालिकाका लेखा शाखामा कार्यरत कर्मचारी प्रशान्त यादवलाई बढुवा गरेको हो । लेखापालबाट उनलाई लेखा अधिकृतमा बढुवा गरिएको हो । धनुषाधाम नगरपालिकामा निरन्तर कार्यरत यादवलाई बढुवा गरी लेखा अधिकृत बनाइएको हो । 

  • 4%
  • 90%
  • 5%
  • 0%
  • 1%
  • 0%

सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी

  • २०८१ माघ १५ मंगलबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा

पूरा पढ्नुहोस्

Bureau Menus