यसपाली मकर मेलामा पोहोरभन्दा बढी श्रद्धालुहरु मेला भर्न आउँछनः मेयर मण्डल
मकर मेलाको लागि विभिन्न गाउँहरुबाट बस बुक गरेर श्रद्धालुहरु धनुषाधाम पुग्ने गरेका छन् । भोली लाग्ने मकर मेलामा सहभागीको सँख्या मोटो हुने अनुमान गरिएको छ ।

२०८१ माघ १२ शनिबार, राति ८:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ऐतिहासिक स्थल मानिएको धनुषाधाममा प्रत्येक बर्ष लाग्ने मकर मेलामा श्रद्धालुहरु भीड बढन थालेको छ ।
प्रत्येक बर्ष माघ मसान्तभरि एक महिनासम्म चल्ने मकर मेलाको लागि पोहोर भन्दा यसपाली अधिक सँख्यामा श्रद्धालु र व्यापारीहरु आउने दाबी धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल गर्छन् ।
मेला व्यवस्थापन पूर्ण रुपमा भईसकेको जनाउँदै मौसम समेत अनुकूल रहेको भन्दै यसपालीको मकर मेलामा श्रद्धालुहरुको सँख्या बढने अनुमान सुनाए । उनले यसपाली मकर मेलामा व्यापारीहरुको सँख्या पनि बढेको बताए ।
मेलामा विभिन्न क्याटेगोरी अनुसार क्षेत्र र कोणाहरु छुटयाइएको मेयर मण्डलले बताए । मेला ठेक्का भएपनि धनुषाधाम नगरपालिकाले प्रशासनिक रुपमा व्यवस्थापन कडा गरेको उनले थपे ।
माघ महिनाभरि प्रत्येक आईतबार धनुषबाबा दर्शनार्थीको सँख्या अधिक हुन्छ । मेला महिनाभरि प्रत्येक दिन लागेपनि प्रत्येक आईतबार भने हजारौँको सँख्यामा दर्शनार्थीहरु धनुषाधाम जाने गरेको छ ।
मकर मेलाको लागि विभिन्न गाउँहरुबाट बस बुक गरेर श्रद्धालुहरु धनुषाधाम पुग्ने गरेका छन् । भोली लाग्ने मकर मेलामा सहभागीको सँख्या मोटो हुने अनुमान गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…