डुमरिया अस्पताल सँचालनको लागि प्रधानमन्त्रीविरुद्ध जनमतका विद्यार्थीहरुको प्रदर्शन
कार्यक्रममा जनमत पार्टी केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डल, ,जिल्ला इन्चार्ज सुरेन्द्र मण्डल, केन्द्रिय सदस्य अशोक साविर, प्रदेश सदस्य रामपुकार यादवलगायत पार्टीका नेताकार्यकर्ताहरुले नाराबाजी गरेका थिए ।

२०८१ माघ १२ शनिबार, बेलुकी ७:५४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ८ डुमरियास्थित रहेको शहिद सूर्यनाथ रान जिल्ला अस्पताल सँचालनको लागि जनमतका विद्यार्थी नेता कार्यकर्ताहरु स्वास्थ्यमन्त्री विरुद्ध प्रदर्शन गरेका छन् ।
शनिबार निर्माण गरिएको अस्पताल अगाडी नै जनमतका नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । जनमत निकटजनमत विद्यार्थी संघका कार्यकर्ताहरुले शहीद सूर्यनाथ राण स्मृति अस्पताल संचालन हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।
मधेश प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधन सिंह कोइरी, प्रधानमन्त्री केपी शर्मा ओली र केन्द्रीय स्वास्थ्य मन्त्री प्रदीप पौडेलको राजिनामा माग गर्दै पुतला दहन गर्दै अस्पताल सँचालनको माग गरेको हो ।
कार्यक्रममा जनमत पार्टी केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डल, ,जिल्ला इन्चार्ज सुरेन्द्र मण्डल, केन्द्रिय सदस्य अशोक साविर, प्रदेश सदस्य रामपुकार यादवलगायत पार्टीका नेताकार्यकर्ताहरुले नाराबाजी गरेका थिए ।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…