जनकपुरमा विधार्थी नेताहरूले जलाए मुख्यमन्त्री सिँहको पुतला
मगही भाषालाई उपेछित गरेर विधेयकमा स्थान नदिएको भन्दै युवाहरुले बिरोध जनाएका छन् । चार लाख भन्दा बढी बोलिने भाषालाई बिधेयकमा नराखेकोमा उनीहरुले आक्रोश व्यक्त गरेका छन् । मधेश प्रदेश सरकारले विधेयक नसच्याए झन बढी बिरोध गर्ने र भाषा र पहिचानको लागि लडिरह्ने उनीहरुको भनाई छ ।

२०८१ माघ १० बिहीबार, बेलुकी ६:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मुख्यमन्त्रीको पुतला दहन गरिएको छ ।
विहिबार जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्र्यकर्ताहरुले मधेश प्रदेशसभाको भवन अगाडी नै मुख्यमन्त्री सिँहको पुतला दहन गरेको हो ।
बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको कामकाजको भाषा सम्बन्धी विधेयकमा विभेद गरेको भन्दै जसपाका कार्यकर्ताहरुले मुख्यमन्त्री सिंहको पुतला दहन गरेको छन् ।
मगही भाषालाई उपेछित गरेर विधेयकमा स्थान नदिएको भन्दै युवाहरुले बिरोध जनाएका छन् । चार लाख भन्दा बढी बोलिने भाषालाई बिधेयकमा नराखेकोमा उनीहरुले आक्रोश व्यक्त गरेका छन् । मधेश प्रदेश सरकारले विधेयक नसच्याए झन बढी बिरोध गर्ने र भाषा र पहिचानको लागि लडिरह्ने उनीहरुको भनाई छ ।
विरोध प्रदर्शनमा युवाहरुले पहिचानवादी सरकार मुर्दावाद, मुख्यमन्त्री राजीनामा दे, मुख्यमन्त्री मुर्दावाद, शिक्षा मन्त्री मुर्दावादका नारा लगाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…