राजेन्द्र महतो नेतृत्वको 'राष्ट्रिय मुक्ति पार्टी नेपाल' निर्वाचन आयोगमा दर्ता
राष्ट्रिय मुक्ति क्रान्तिको अवधारणा बमोजिम पार्टी आगाडि बढ्ने र देशको राजनीतिक तथा आर्थिक परिवर्तन गर्दै देशलाई बहुलराष्ट्रिय राज्यको रुपमा स्थापना गर्द सभ्यता एवं संस्कृतिको पुनःस्थापनको लक्ष्य प्राप्त गर्ने यस अभियानमा जुट्न विज्ञप्ति मार्फत आग्रह पनि गरेका छन् ।

२०८१ माघ ९ बुधबार, बिहान ८:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेता राजेन्द्र महतो नेतृत्वको नयाँ पार्टी राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको दर्ता नम्बर २०१ रहेको जानकारी गराईएको छ ।
स्वदेशवाद, सांस्कृतिक राष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्तमा आधारित बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको निम्ति विधिवत रुपमा निर्वाचन आयोगमा दर्ता भएको अध्यक्ष महतोले वक्तत्व जारी गरेका छन् ।
दर्ताको लागि गत कार्तिक ९ गते दिएको निवेदनमाथि सुनुवाई गर्दै निर्वाचन आयोगले माघ ८ गते दर्ता प्रमाणपत्र उपलब्ध गराएको अध्यक्ष महतोद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
“राष्ट्रिय मुक्ति क्रान्तिमा लामबद्ध सवै नेता तथा कार्यकर्ता, सहयोगी एवं शुभचिन्तकहरुको अथक परिश्रमले आज आधिकारिक पार्टीको रुपमा मान्यता प्राप्त गरेकोमा सवैमा हार्दिक वधाई एवं शुभकामना ।”– उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
राष्ट्रिय मुक्ति क्रान्तिको अवधारणा बमोजिम पार्टी आगाडि बढ्ने र देशको राजनीतिक तथा आर्थिक परिवर्तन गर्दै देशलाई बहुलराष्ट्रिय राज्यको रुपमा स्थापना गर्द सभ्यता एवं संस्कृतिको पुनःस्थापनको लक्ष्य प्राप्त गर्ने यस अभियानमा जुट्न विज्ञप्ति मार्फत आग्रह पनि गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…