धनुषामा कबिर प्रकटीय दिवस धुमधामका साथ मनाइयो
न्यूज ब्यूरो | जनकपुरधाम, १५ असार । सन्त कबीरको प्रकटिय दिवस गुरु पूर्णिमाको दिन धुमधामका साथ मनाइएको छ । विहिबार धनुषाको धारापानीमा एक कार्यक्रमको आयोजना गरि सन्त कबीर प्रकटिय दिवस मनाइएको हो । सत् कबीर धर्म सत्संग सेवा आश्रमद्वारा आयोजना गरिएको कार्यक्रममा यहाँ उपस्थित सन्त कबीरका अनुयायीहरूलगायत

२०७५ असार १५ शुक्रबार, बिहान ७:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १५ असार । सन्त कबीरको प्रकटिय दिवस गुरु पूर्णिमाको दिन धुमधामका साथ मनाइएको छ ।
विहिबार धनुषाको धारापानीमा एक कार्यक्रमको आयोजना गरि सन्त कबीर प्रकटिय दिवस मनाइएको हो ।
सत् कबीर धर्म सत्संग सेवा आश्रमद्वारा आयोजना गरिएको कार्यक्रममा यहाँ उपस्थित सन्त कबीरका अनुयायीहरूलगायत स्थानीयहरूको सहभागीतामा कार्यक्रम गरिएको हो ।
सन्त राम दयाल साहबको सकृयतामा विगत १८ वर्ष देखि यो कार्यक्रम गरिदै आएको छ ।
कार्यक्रममा सन्त मोती दास, राम किसुन दास, राम देव दास, राम चरित्र दास, चन्द्रमोद दास, अशोक महतो, गुलाब महतो, अमृति मण्डल, गाङा दास लगायतको उपस्थिती थियो ।
सो अवसरमा सन्त राम दयालले भने, आउने दिनमा पनि आफुले यस कार्यक्रमलाई निरन्तरता दिनेछु, त्यसका लागि सबैको साथ र सहयोगको अपेक्षा गर्द्छु ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…